Prakash Adhikari October 25, 2020

 

काठमाडौं, ९ कार्तिक । खुम्बु पासाड.ल्हामु गाउँपालिकामा कोरोनासंक्रमण फैलिएको देखिएपछि कात्तिक ६ गतेदेखि बन्द भएको लुक्ला विमानस्थल विजया दशमीको दिनदेखि फेरि खुल्ने भएको छ ।

खुम्बुपासाङ गाउँपालिकाले आइतबार एक विज्ञप्ति जारी गर्दै उक्त निर्णय गरेको हो ।

तर पीसीआर परीक्षणमा कडाई गरिएको छ । गाउँपालिकाले जारी गरेको सूचनामा सरकारी अस्पताल बाहेक निजी ३ अस्पतालहरु हाम्स, बी एन्ड बी र स्टार अस्पतालको पीसीआर परीक्षण गरेको मान्य हुनेछ ।

Image may contain: text

त्यसैगरी लुक्ला विमानस्थलमा अवतरण र गाँउपालिकामा अवस्थित पर्यटकीय स्थलको दृश्यावलोकन तथा शिखर आरोहरणको लागि ७२ घन्टाभित्रको पीसीआर नेगेटिभ आएको रिपोर्ट अनिवार्य गरिएको छ ।

हाल अन्य पर्यटकीय गन्तव्य बन्द रहेका बेलामा एभरेस्ट ट्रेलका लागि लुक्ला भने खुला गरिएको छ । ट्राभल कम्पनी तथा एयरलाइन्सहरुले समेत लुक्ला, नाम्चेका लागि प्याकेज ल्याएका छन् ।

 

गाउँपालिकाका बासिन्दाहरुमा कोरोना देखिएपछि कोरोना फैलिने भयले गाँउपालिकाको कोरोना नियन्त्रण समितिको सिफारिसमा लुक्लामा उडान भएका आन्तरिक उडानका एअरलाइन्सहरुलाई पत्राचार नै गरेर गाँउपालिकाले उडान नगर्न र पर्यटक नल्याउन आग्रह गरेको थियो ।

 

Image may contain: text

Share Now

Leave a comment.