काठमाडौं, १२ कार्तिक । नेपालीहरुको महान चाड बडा दशैंको टीकाको तेस्रो दिन आजपनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम जारी छ ।
नेपालीहरुको राष्ट्रिय पर्वको रुपमा रहेको बडादशैमा घटस्थापनाका दिन दशैं घरमा विधिपूर्वक स्थापना गरी ९ दिनसम्म दुर्गाभवानीको पूजा–आराधना गरिएको टीका र प्रसाद अग्रजको हातबाट आशीर्वादका साथ ग्रहण गर्ने गरिन्छ।
पहिलो दिन आफ्ना घर परिवार र कुलका मान्यजनबाट टीका, जमरा र आशिर्वाद ग्रहण गरेपछि अन्य दिन टाढा रहेका आफन्त, माइती,सशुराली,मावलीसम्म पुगेर टीका र आशिर्वाद ग्रहण गर्ने चलन रही आएको छ ।
मान्यजनले टीका लगाइदिँदा सुख, शान्ति, समृद्धि र वैभव प्राप्त हुने धार्मिक विश्वास छ ।
यसबर्ष कोरोना संक्रमणका कारण परिवारभित्रै दशै सीमित गर्न देशव्यापी गरिएको अनुरोधका कारण परिवारबाहिर मान्यजनको हातबाट टीका लगाउन जाने प्रवृत्तिमा भने कमी देखिएको छ ।


















