दुबाई(संयुक्त अरब इमिरेट्स), १२ कार्तिक । भारतको चर्चित टी २० क्रिकेट प्रतियोगिता मानिएको इण्डियन प्रिमियर लिग(आईपीएल)को १३ औं संस्करण अन्तर्गत ४७ औं खेलमा सन राइजर्स हैदरावादले दिल्ली क्यापिटल्सलाई ८८ रनको विशाल अन्तरले पराजित गरेको छ ।
यो जितसंगै हैदरावादले प्लेअफ पुग्ने सम्भावना कायमै राखेको छ।

पछिल्ला खेलमा दिल्लीको प्रदर्शनको स्तर खस्किदै गएको छ । दिल्लीको यो लगातार तेश्रो हार हो। यस अघि ऊ पञ्जाबसंग ५ विकेटले तथा कोलकातासंग ५९ रनले पराजित भएको थियो।
दुबई अन्तर्राष्ट्रिय स्टेडियममा हैदरावादले दिएको २ सय२० रनको लक्ष्य पछ्याउने क्रममा दिल्लीले १९ ओभरमा सबै विकेट गुमाउदै १ सय ३१ रन खेलको समापन गरेको थियो।
लक्ष्य पछ्याउने क्रममा दिल्लीको लागि रिशभ पन्तले सर्वाधिक ३६, अजिंके रहानेले २६, तुषार देशपाण्डेले अविजित २०, शिमरन हेटमायरले १६ रन बनाए। मार्कस स्टोइनिस ५ , श्रेयस ऐयर ७, अक्षर पटेल १ रन बनाए भने शिखर धवन खाता नखोल्दै आउट भए।
Delhi Capitals captain Shreyas Iyer refuses to get bogged down after heavy defeat to SRH https://t.co/PvnLysyTXS
— MSN India (@msnindia) October 28, 2020
हैदरावादको बलिड.मा रासिद खानले ३ विकेट लिए भने अन्य बलरमा टि नटराजन र सन्दिप शर्माले २ । २ विकेट तथा शाहबाज नदीम , जेसन होल्डर र विजय शंकरले समान एक एक विकेट लिएका थिए।
हैदरावादको ब्याटिंग
यस अघि टस हारेर ब्याटिंग गरेको हैदरावादले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २ सय १९ रन बनाएको थियो।
IPL 2020, SRH vs DC: SunRisers Hyderabad Crush Delhi Capitals By 88 Runs In Must-Win Match To Keep Playoff Hopes Alive | Cricket News https://t.co/x8xP9Ng4Ox
— Dixit Badani (@BadaniDixit) October 28, 2020
हैदरावादको लागि रिद्दिमान साहाले ४५ बलमा १२ चौका र २ छक्काको मद्दतले ८७ रन बनाए भने कप्तान डेभिड वार्नरले ३४ बलमा ८ चौका र २ छक्का मद्दतले ६६ रन बनाए। मनिष पाण्डेले ३१ बलमा ४ चौका र १ छक्काको मद्दतले अविजित ४४ रन जोडे भने केन विलियमसनले अविजित ११ रन बनाए।
दिल्लीको बलिंगमा एनरिक नोर्किया र रभीचन्द्रन आश्विन ले समान १ विकेट लिए।
अंकतालिका र आगामी खेल
जितपछि ११ खेमा ५ जित र ७ हार पछि १० अंक बटुल्दै हैदरावाद छैठौं स्थानमा उक्लेको छ। राजस्थान समान अंक रहेता पनि नेट रन रेटमा पछि पर्दै सातौँ स्थानमा झरेको छ।
हैदरावादले प्ले अफ सम्भावना कायमै राखेको छ। अब बाँकी दुवै खेल जितेको खण्डमा हैदरावादको सम्भावना रहन्छ तर त्यसको लागि अन्य टिमको नतिजामा पनि भर पर्नुपर्नेछ।

हारपछि दिल्ली ११ खेलमा ७ जित र ५ हार पछि तेश्रो स्थानमा पुगेको छ।
समान १४ अंक रहेको मुम्बई र बैंगलोर नेट रन रेटमा अघि रहँदै पहिलो र दोश्रो स्थानमा रहेका छन्। बाँकी २ खेलमा दिल्लीले १ जित हात पारे पनि प्लेअफ पक्का गर्नेछ।
दुवै खेल हारेको खण्डमा पनि अन्य टिमको नतिजाको आधारमा दिल्लीको भाग्य निर्धारण हुनेछ।
लिग अन्तर्गत हैदरावादले आगामी खेल दिल्ली बिरुद्ध शनिवार तथा सोहि दिन हैदरावादले बैंगलोरसंग प्रतिस्पर्धा गर्नेछ। बुधबार मुम्बईले बैंगलोरको सामना गर्नेछ जुन खेलमा विजयी टिम प्लेअफ पुग्ने पहिलो टिम हुनेछ।








