Prakash Adhikari October 31, 2020

 

काठमाडौं, १५ कार्तिक । नेपालमा विगत २४ घण्टामा २ हजार ५ सय ८ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ भने १७ जनाले कोरोनाको समेत कारणले जीवन गुमाएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको जानकारी अनुसार विगत २४ घण्टामा गरिएको ९ हजार २ सय ७९ वटा नमुनाको परीक्षणमा त्यति सङ्क्रमित फेला परेका हुन्।

सो अवधिमा कोरोना भाइरसको कारण १७ जनाले जीवन गुमाएको तथ्याङ्क मन्त्रालयले सार्वजनिक गरेको छ।

योसँगै नेपालमा कोभिड १९ का कारण मृत्यु हुने सङ्क्रमितको सङ्ख्या ९ सय ३७ पुगेको छ।

Image

शुक्रवार ३ हजार ५ सय १७ जनामा सङ्क्रमण पुष्टि भएको थियो। तीमध्ये आधाभन्दा बढी काठमाडौं उपत्यकाका थिए ।

अहिलेसम्म देशभरि १ लाख ७० हजार ७ सय ४३ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भइसकेको छ।

को हुन् सङ्क्रमित ?

अहिले विभिन्न जिल्लामा सङ्क्रमितहरू फेला परेका हुन्। तीमध्ये ९ सय ७६ महिला र १ हजार ५ सय ३२ पुरुष छन्।

काठमाडौं उपत्यकामा सर्वाधिक सङ्ख्यामा सङ्क्रमित भेटिने जारी छ।

मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार १ सय १३ जनासहित उपत्यकामा १ हजार ३ सय ५७ जनामा कोभिड १९ पुष्टि भएको हो।

Image

स्वास्थ्य मन्त्रालयले हालसम्म १४ लाख ४३ हजार ३ सय ४३ जनाको पीसीआर परीक्षण गरिएको बताएको छ ।

त्यसमध्ये १ लाख ७० हजार ७ सय ४३ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ ।

ती मध्ये ३८ हजार ५ सय ८४ आइसोलेसनमा पुष्टि भएका केशहरु हुन् ।

कूल संक्रमित मध्ये १ लाख ३१ हजार २ सय २२ जना निको भैसकेका छन भने ३८ हजार ३ सय ५७ सक्रिय केशहरु रहेका छन् ।

सक्रिय केशहरु मध्ये राजधानी काठमाडौंमा १६ हजार ८ सय ९०, भक्तपुरमा १ हजार १ सय ५१ र ललितपुरमा २ हजार ३ सय ३ रहेका छन् ।

सक्रिय केशहरुमध्ये ३१ हजार ८ जना होम आइसोलेशनमा छन भने २ सय ९६ जना आईसीयु र ६९ जना भेन्टिलेटरमा रहेका छन् ।

Image

Share Now

Leave a comment.