काठमाडौं, १५ कार्तिक । लकडाउनसँग सम्बन्धित वेब सिरिज ‘काण्डै काण्ड” सार्वजनिक भएको छ ।
आजभोलि दिनप्रतिदिन नया–नयाँ वेब सिरिजहरु प्रसस्त मात्रामा मिडिया तथा डिजिटल मिडियाहरुमा आउने क्रममा छन । यसै क्रममा खबर टि.भि.ले उत्पादन गरेको वेब सिरिज ‘काण्डै काण्ड” आएको हो।
लकडाउनमा घटेका घटनालाई समेट्दै बनाइएको वेब सिरिजलाई नारायण उपाध्याले निर्देशन गर्नुभएको हो, भने सिरिजको सम्पादन योगेन्द्र कार्कीले गर्नुभएको छ ।
सिरिजमा बिमला गिरी, कृतिबहादुर सिंह, नारायण उपाध्या, योगेन्द्र कार्की, पशुपति खनालकोे अभिनय रहेको छ,
सिरिजको छायांकन श्याम तामाङले गर्नुभएको छ।
वेब सिरिज ‘काण्डै काण्ड’ मा दर्शकलाई भरपूर्ण मनोरञ्जन प्रदान गर्ने कोशिस गरिएको र सबैले मन पराउनेमा आफूहरु आशावादी रहेको के छ खबर टि.भि।का नारायण उपाध्याले बताउनुभएको छ ।


















