Prakash Adhikari November 12, 2020

 

काठमाडौं, २७ कार्तिक । ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तेश्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

बुधबार कम्पनीको कर्पोरेट कार्यालय ज्ञानेश्वरमा सम्पन्न साधारणसभाले ६६ करोड रुपैयाका सेयर सर्वसाधरणमा बिक्रीका लागि निष्कासन गर्ने प्रस्ताव पारित गरेको छ ।

सभामा कम्पनीका संचालक, सेयरधनी, नियामक निकायका प्रतिनिधि, कार्यकारी प्रमुख, उच्च व्यवस्थापनका पदाधिकारी तथा कर्मचारीहरु लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

साधारणसभामा कम्पनीका अध्यक्ष नन्दकिशोर शर्माले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

प्रतिवेदनमा उल्लेख भए अनुसार कम्पनीले आव ०७५।७६ मा प्रथम बीमाशुल्क तथा नवीकरण शुल्क कुल १ अर्ब १ करोड ७५ लाख ८८ हजार ४९ रुपैयाँ संकलन गर्दै ६९ करोड २४ लाख ६५ हजार ८ सय ६३ रुपैयाँको जीवन बीमा कोष समेत खडा गरेकोछ ।

कम्पनीले यस आर्थिक वर्षमा १८ करोड ७२ लाख ३२ हजार ६१ रुपैयाँ खुदमुनाफा आर्जन गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

साधारणसभाले संचालक समितिको प्रतिवेदन आव २०७५ / ७६ को लेखा परीक्षण प्रतिवेदन, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण पारित गर्दै आव २०७६ । ७७ को लागि लेखापरीक्षक नियुक्ति गर्ने प्रस्ताव पारित गरेको छ ।

साधारणसभाले सर्वसाधारणको लागि छुट्याइएको कुल जारी पूँजीको ३० प्रतिशतले हुने रु. ६६ करोड बराबरको साधारण सेयर जारी गर्ने विशेष प्रस्ताव समेत सर्वसम्मतिले पारित गरेको छ ।

सभामा कार्यकारी प्रमुख प्रकाशविक्रम खत्रीले कम्पनीका १ सय १७ वटा शाखा तथा उपशाखाहरुमार्फत ७२ जिल्लामा आफ्नो उपस्थिति जनाई जीवन बीमा ब्यवसाय गरिरहेको बताउनुभयो । उहाँले आब २०७५ ।०७६ मा कुल १० करोड ७८ लाख ७४ हजार ७ सय २६ रुपैयाँ वतरणयोग्य मुनाफा आर्जन गरेको पनि बताउनुभयो ।

ज्योति लाईफ आइएसओ ९००१ ः २०१५ प्राप्त गर्ने पहिलो नेपाली जीवन बीमा कम्पनी बन्न सफल कम्पनी हो । अनुभवी सञ्चालक समितिको मार्गदर्शन र दूरदर्शी नीति, ब्यवस्थापनको उत्कृष्ट जोखिम व्यवस्थापनको अभ्यास, सक्षम आन्तरिक नियन्त्रण प्रणाली साथै प्रचलित नीतिनियम, नियामनकारी निकायहरुको निर्देशनहरुको प्रभावकारी कार्यान्वयन र सम्पूर्ण कर्मचारीहरुको अथक परिश्रमले सो सफलता हासिल भएको कम्पनीले जनाएको छ ।

Share Now

Leave a comment.