Prakash Adhikari November 12, 2020

काठमाडौं, २७ कार्तिक । विश्वमा नै चर्चित टी २० क्रिकेट लिगमा गणना हुने इण्डियन प्रिमियर लिगको १३ औं संस्करणको समाप्ति पछि स्वदेश फर्केका नेपाली खेलाडी सन्दीप लामिछानेले आफ्नो खेल जीवन नयाँ ढंगले अगाडि बढ्ने संकेत गरेका छन् ।

सेप्टेम्बरदेखि नोभेम्बरसम्म संयुक्त अरब इमिरेट्समा चलेको भारतको चर्चित क्रिकेट प्रतियोगिता आईपीएलको समापन भएपछि बिहिबार स्वदेश आएका उनले आफ्नो ट्वीटरमा स्टाटस् लेखेका छन्,‘कथा सकिएको छैन, विस्तारै सुरु हुँदै छ।’

सन्दीपलाई अन्तर्राष्ट्रिय लिगका खेलमा डुब्यु गराएको तात्कालीन दिल्ली डियरडेभिल्स(हाल दिल्ली क्यापिटल)ले यो सिजनमा उसले खेलेका १७ खेलमा कुनैमा पनि नेपाली खेलाडी सन्दीप लामिछानेलाई मौका दिएन् ।

सन्दीपले सन २०१८ मा तत्कालीन दिल्ली डियरडेभिल्ससंग बार्षिक २० रुपैया भारतीय रुपैयामा तीन बर्षे करार संझौता गरेका थिए ।

यो १३ औं संस्करणको आईपीएलको समापनसंगै उनी अनुबन्धमुक्त भएका छन् ।आइपीएलमा पनि उनी अन्य टीममा आबद्ध भएर खेल्न पाउछन र अन्य विदेशी खेलाडीले मागेसरहको पारिश्रमिक दावी गर्न उनी स्वतन्त्र छन् ।

विश्व क्रिकेटमा राम्रा ब्याट्सम्यानहरुको अभाव नभए पनि विकेट लिन सक्ने बलरहरुको अभाव भने जहाँतही खट्किएको देखिन्छ । यसैले आईपीएलमा पनि दिल्लीसहित अन्य सातवटै टिममा आबद्ध हुनसक्ने उनको स्वतन्त्रता पुनस्थापित भएको छ भने विश्वका अन्य क्रिकेट लिगमा पनि आबद्ध हुन पाउने उनको स्वतन्त्रता सुरक्षित छ । गत बर्ष उनले पाकिस्तानी क्रिकेट लिग(पीपीएल) खेल्दा भारतीय क्रिकेटरहरुको कर्के नजर उनीमाथि परेको थियो ।

यस बर्षको क्यारेबियन प्रिमियर लिग (सीपीएल)मा राम्रो प्रदर्शन गरेका सन्दीपले आईपीएलमा आफूआबद्ध दिल्ली क्यापिटल्सका लागि अझ राम्रो गर्ने आकांक्षा पालेका थिए । आफूलाई अन्तर्राष्ट्रिय क्रिकेट खेलजगतमा स्थापित गर्न मौका दिने टिमलाई गुन तिर्ने उनको धोको थियो । पूर्व अनुबन्ध अनुसार यो सिजन संगै सन्दीपको तीन वर्षे करार समाप्त हुँदै थियो । तर दिल्लीका कप्तान श्रेयश ऐय्यर उनीसंग रिसाएकी यो टिमका सञ्चालकहरु लिग चरणका १४ खेल दुई क्वालिफायर र फाइनलसम्मका १७ खेल खेल्दा पनि नेपालका यी आशा लाग्दा खेलाडीलाई भारतको दिल्ली क्यापिटल्सले मौका दिएन् । यी १७ खेलमा मौका पाएका भए सायद उनले विश्व क्रिकेटमा केही नयाँ रेकर्ड बनाउन सक्थे, उनको उमेरका कारण ।

नेपाल फर्किएका सन्दीप करिब ३ साताको नेपाल बसाइपछि बिग बास लिग खेल्न अष्ट्रेलिया जाँदै छन्। त्यहाँ उनले खेल्ने टोलीको टुङ्गो केही दिनमा लाग्ने सन्दीपको व्यवस्थापन हेर्दै आएका रमन शिवाकोटीले जनाएका छन्।

 

Share Now

Leave a comment.