Prakash Adhikari November 17, 2020

 

वाशिंटन डी.सी.(संयुक्त राज्य अमेरिका), २ मंसिर(बीबीसी) । यदि आफ्नो आउने राष्ट्रपतीय प्रशासनलाई डोनल्ड ट्रम्पद्वारा अवरुद्ध पारि राखिए ूथप मानिसहरूको ज्यान जान सक्नेू जो बाइडनले चेतावनी दिएका छन्।

आफ्नो गृहनगर डेलावेयरमा बोल्दै राष्ट्रपति चुनाव विजेता बाइडनले कोरोनाभाइरसको प्रकोप रोक्नका लागि समन्वयको आवश्यकता थियो भन्नुभएको छ।

उहाँले राष्ट्रपति ट्रम्पलाई निर्वाचनको परिणाम स्वीकार गर्न पुनः आह्वान गर्नुभएको छ।

पूर्व प्रथम महिला मिसेल ओबामाले पनि ट्विटरमा लेख्नुभएको छ, ‘यो कुनै खेल होइन।’

कानूनी चुनौती
बाइडनले चुनाव जित्न चाहिने २ सय ७० इलेक्टरल भोटभन्दा बढी ३ सय ६ इलेक्टरल भोट पाउनुभएको छ।

तर अझै पनि रिपब्लिकन वर्तमान राष्ट्रपति ट्रम्पले हार स्वीकार गर्नुभएको छैन्।

उहाँले सोमवार बिहान’, ूमैले चुनाव जितेँ’ भन्ने ट्वीट गर्नुभयो ।

ट्रम्पको अभियानले विभिन्न राज्यहरूमा मतगणनामाथि प्रश्न उठाउँदै कानुनी चुनौती दिएको छ।

ट्रम्पको अस्वीकार
राष्ट्रपतीय निर्वाचनपछि सङ्क्रमणकालीन कार्यहरू गर्ने सरकारी निकाय जेनेरल सर्भिसेज एड्मिनिस्ट्रेसन (जीएसए)ले अझै बाइडन र उहाँकी उपराष्ट्रतीय उम्मेद्वार तथा चुनावी जोडी कमला ह्यारिसलाई विजेताका रूपमा मान्यता दिइसकेको छैन।

राष्ट्रपति निर्वाचित बाइडन र उपराष्ट्रपति ह्यारिसलाई आसन्न प्रशासनलाई दिइने संवेदनशील सरकारी ब्रिफिङहरूको पहुँचमा छैनन्।

डेमोक्र्याटिक पार्टीबाट राष्ट्रपति जितेका बाइडनका सहयोगीहरूले ट्रम्पद्वारा सङ्क्रमणमा उनीहरूलाई सामेल गर्न अस्वीकार गर्नु भनेको बाइडनको समूहलाई खोप वितरण रणनीतिको योजना बनाउनबाट बाहिर राख्नु भएको बताएका छन्।

सोमवारको आफ्नो मन्तव्यमा बाइडनले चुनावको परिणामको अस्वीकारलाई ‘पूर्णरूपमा गैरजिम्मेवारू ‘भएको बताउनुभयो।

बाइडनले भन्नुभयो, ‘कोही यसलाई बुझ्छ ? यो भनेको मानिसहरूको जीवन बचाउने कुरा हो। वास्तवमा, यो अतिशयोक्ति होइन।’

‘यदि हामीले सहकार्य गरेनौँ भने अझ धेरै मानिसहरू मर्नेछन्। योजना बनाउन सुरु गर्नकै लागि यदि हामीले ज्यानुअरी २० सम्म पर्खनु पर्‍यो भने यसले हामीलाई पछि पार्छ।’

 

Share Now

Leave a comment.