Prakash Adhikari November 21, 2020

 

वाशिंटन डी.सी.(संयुक्त राज्य अमेरिका), ६ मंसिर(एजेन्सी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्येष्ठ सुपुत्र डोनाल्ड ट्रम्प जुनियरलाई कोरोना भाइरसको संक्रमण भएको छ।

४२ वर्षे ट्रम्प जुनियरलाई यसै हप्ताको सुरूमा संक्रमण पुष्टि भएको हो।

संक्रमण पुष्टि भएपछि उहाँ क्वारेन्टाइनमा बस्नुभएको छ ।

 

हालसम्म उहाँमा संक्रमणको बाहिरी लक्षण देखिएको छैन्।

उहाँकी पत्नी किम्बर्ली गिलफायललाई संक्रमण भए(नभएको बारेमा भने केही सार्वजनिक भएको छैन।

फक्स न्यूजकी प्रस्तोता रहेकी किमबली गिलफायललाई जुलाईमा कोरोनाको संक्रमण भएको थियो।

शुक्रबार राष्ट्रपति ट्रम्पका विशेष सहायक एन्ड्र्यू ज्यूलियानीले आफू संक्रमित बनेको बताउनुभएको थियो।

उहाँ राष्ट्रपति ट्रम्पका व्यक्तिगत वकिल रूडी ज्यूलियानीका सुपुत्र हुनुहुन्छ।

ज्यूलियानीले आफूलाई संक्रमण पुष्टि भएको र सोका हल्का संक्रमण देखिएको शुक्रबार बताउनुभएको छ।

यस्तै सीबीएस न्यूजले ह्वाइट हाउसमा कम्तीमा चार जना सहायक संक्रमित भएको जनाएको छ। यसै महिना त्यहाँका चिफ अफ स्टाफ मार्क मिडोज र अन्य सहायकहरूमा संक्रमण पुष्टि भएको थियो।

अक्टुबरको पहिलो साता अमेरिकी राष्ट्रपति ट्रम्प स्वयं संक्रमित भएर उपचारका लागि तीन दिन अस्पताल बस्नुपरेको थियो।

 

Share Now

Leave a comment.