Prakash Adhikari November 21, 2020

काठमाडौँ, ६ मंसिर । नेपाल र चीनको कुटनीतिक सम्बन्धको ६५ औं वार्षिकोत्सवको अवसर पारेर चिनियाँ रक्षामन्त्री वेई फेङ्ह मंसिर १४ गते एक दिवसीय नेपाल भ्रमणमा आउने हुनुभएको छ ।

परराष्ट्र मन्त्रालय स्रोतले भ्रमणका अवसरमा आपसी सुरक्षा समन्वयका विविध विषयमा कुराकानी हुने बताएको छ । रक्षामन्त्री वेईले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री एवं रक्षामन्त्री केपी शर्मा ओलीसहितका नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ ।

यस अवरमा चिनियाँ दूतावासले आयोजना गर्ने द्धिपक्षीय सहयोग समन्वयको बृहत् कार्यक्रममा पनि उहाँले सहभागिता हुने बताइएको छ ।

चीनका राष्ट्रपति सी जिनफिड.को गत बर्ष भएको नेपाल भ्रमणपछि चीनबाट हुने यो नै उच्चस्तरको भ्रमण भएको बताइएको छ ।

केही समय पहिले भारतको गुप्तचर निकायका प्रमुख सामान्त गोयलले भारतीय प्रधानमन्त्रीको विशेष दूतको रुपमा नेपालको भ्रमण गर्नुभएको र त्यस लगत्तै भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरभणेले नेपालको भ्रमण गर्नुभएको पृष्ठभूमिमा चीनका रक्षा मन्त्रीको नेपाल भ्रमण हुन लागेको हो ।

दक्षिण एशियाली क्षेत्रमा आर्थिक विकास र द्धिपक्षीय सहयोगको नाममा चीनको बढ्दो प्रभावलाई कम गर्न भारतले कसरत गरिरहेको बेलामा चीनका रक्षामन्त्रीको यो भ्रमणलाई निकै महत्वको साथ हेरिएको छ ।

नेपालको आन्तरिक राजनीतिमा पनि भारतकाभन्दा चीनका राजदूतको सक्रिय राजनीति बढेको, भारतीयभन्दा चिनीया लगानी बढेको, भारतसंग कालापानी,लिपुलेक र लिम्पियाधुरासहित सुस्ता क्षेत्रमा सीमा विवाद देखिएको बेलामा चीनले पनि हुम्लामा सीमा मिचेको कुरा आइरहेको बेलामा भएको यो भ्रमण किन पनि महत्वपूर्ण छ भने भारत र चीनका बीचमा लद्दाखको गलवान उपत्यकामा एकापसमा झडपहुँदा भारतीय सैनिकहरुको मृत्यु समेत भएको छ र भारतले आफ्नो जमीन चीनले अतिक्रमण गरेको आरोप लगाइरहेको छ ।

केही समय पहिले सेप्टेम्बर ४ मा रुसको मस्कोमा भएको संघाई कोअपरेशन अर्गनाइजेशनको बैठकको साइडलाइनमा भारतीय रक्षामन्त्री राजनाथ सिंहले चिनिया समकक्ष वेइफेड.हसंग भेटवार्ता गर्नुभएको थियो ।

त्यसको केही समयपछि अक्टोबर २६ मा अमेरिकी विदेशमन्त्री माइक मम्पियो र रक्षामन्त्री मार्क स्परले भारतसहित हिन्दमहासाग क्षेत्रका श्रीलंका र मालद्धिपको समेत भ्रमण गर्नुभएको थियो । सो भ्रमणका अवसरमा भारत र अमेरिकाबीच लामोदूरीका हवाई अन्वेषण र भारत लक्षित क्षेप्यास्त्रहरुका सम्बन्धमा उन्नत भूउपग्रह प्रविधि र जमिनबाट प्राप्त तथ्यांकहरु आदानप्रदान गरी  भारतलाई  सुरक्षित राख्न सघाउने बेका संझौता भएको थियो ।

Share Now

Leave a comment.