पोखरा(कास्की), १७ माघ ।१६ औं आहा! रारा गोल्डकप नकआउट फुटबल प्रतियोगिता अन्तर्गत आज पोखरामा सम्पन्न पहिलो सेमिफाइनल खेलमा थ्री स्टार क्लबले बाङ्लादेशको उत्तर बरीधारा क्लबलाई ५-० ले हराउँदै फाइनलमा प्रवेश गरेको छ ।
थ्री स्टारको जीतमा विश्वास श्रेष्ठले ह्याट्रिक गरे ।
थ्री स्टारकालागि बिष्णु गुरुङले ४२ औ मिनेटमा अग्रता दिलाए । तीन मिनेट पछि निराजन खड्काले अग्रता दोब्बर गरे । विश्वाश श्रेष्ठले ४५+१ मिनेटमा गोल गर्दै थ्री स्टारलाई ३-० को अग्रता दिलाए ।
दोस्रो हाफमा विश्वास श्रेष्ठले ६५ औ र ७३ औ मिनेटमा गोल गर्दै थ्री स्टारकोलागि ५-० को जीत सुनिस्चित गरे ।
थ्री स्टारका विश्वास श्रेष्ठ म्यान अफ दि म्याच घोषित भए । उनले रु.५००० प्राप्त गरे ।
भोलि प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा नेपाल पुलिस क्लब र धरान एफसि बीच हुनेछ ।
थ्री स्टार क्लबले नेपाल पुलिस क्लब र धरान एफसिको बिजेतासँग माघ २० फाइनल खेल खेल्ने छ ।
साहारा क्लब, पोखराको आयोजनामा जारी प्रतियोगिताको बिजेताले उपाधिसहित नगद ७ लाख हात पार्नेछ ।
प्रतियोगिताको मुख्य प्रायोजन हिमश्री फुड्स प्रा.लि. ले गरेको छ ।