Prakash Adhikari November 24, 2020

काठमाण्डौं, ९ मंसिर । लोकप्रिय गायक प्रमोद खरेलको सुमधुर स्वरमा रहेको  ‘यो माया के हो’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।

मनछुने गीतमा शब्द राम कृष्ण महराको रहेको छ भने मन कुमार (शिवराज)ले यस गीतलाई संगीतवद्ध गर्नुभएको छ। गीतमा नारायण दंगालको संगीत संयोजन रहेको छ।

वियोगान्त प्रेम कथामा आधारित म्युजिक भिडियोमा नायिका केकी अधिकारी , दिनेश थापा (आयुष) र मनोज ओलीको अभिनय छ ।

दीपेन बस्नेतको छायांकन रहेको भिडियोलाई नवीन निरौलाले सम्पादन गर्नुभएको हो । गोविन्दप्रसाद साह उत्पादक रहेको यस भिडियोलाई जीवन शाहीको निर्देशनमा तयार पारिएको हो। म्युजिक भिडियो ओएसआर डिजिटल मार्फत सार्वजनिक भएको हो।

रोजगारीको सिलसिलामा मलेशियामा रहेका उत्पादक साह र महराले विदेशी भूमिबाटै आफ्नो संगीत यात्रालाई अघि बढाइरहनुभएको छ।
यसअघि गीतकार महराले ‘मैले भन्दा’ , ‘साइनो’ , ‘उठ युवा हो’ लगायतका थुप्रै गीतहरु सार्वजनिक गरिसक्नुभएको छ।

Share Now

Leave a comment.