Prakash Adhikari November 25, 2020

काठमाडौं, १० मंसिर । नेपालमा कोरोना भाइरसको संक्रमणबाट जीवन गुमाउनेहरको संख्या १ हजार ३ सय ८९ पुगेको छ भने यस घातक भाइरसको संक्रमणमा पर्नेको संख्या २ लाख २६ हजार २६ पुगेको छ ।

विगत २४ घण्टामा नेपालभरि थप १ हजार ९ सय ४८ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि हुनुको साथै २८ जनाको यसै भाइरसको संक्रमणका कारण मृत्यु भएपछि यो संख्या पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको जानकारी अनुसार विगत २४ घण्टामा ९ हजार २ सय १० जनाको परीक्षण गर्दा १ हजार ९ सय ३८ जना सङ्क्रमित फेला परेका हुन्।

तर पर्याप्त परीक्षण नभएकाले यो सङ्ख्याले नेपालमा कोरोनाभाइरस महामारीको वास्तविक अवस्था चित्रण गर्न नसकिने जनस्वास्थ्यविद्हरू बताउँछन्।

मन्त्रालयले बुधवार अपराह्ण प्रकाशित गरेको विवरणअनुसार अहिले देशभरि १६ हजार ६ सय ३९ जनामा सक्रिय सङ्क्रमण छ।

तीमध्ये ५ सय १७ जना काठमाडौं उपत्यकाका तीन जिल्लाका हुन्।

कति जना निको भए ?

मन्त्रालयले प्रकाशित गरेको विवरणमा २४ घण्टाको अवधिमा थप ३ हजार १ सय ४० जना सङ्क्रमणमुक्त भएका छन्।

कोरोनाभाइरस
मन्त्रालयले अहिलेसम्म कुल २ लाख ७ हजार ९ सय ९८ संक्रमित निको भएको जनाएको छ । यसले अहिले निको हुने दर ९२ प्रतिशत रहेको देखाउँछ।

मङ्गलवार स्वाब परिक्षण गरिएका मध्ये १ हजार ७ सय ९० जनामा सङ्क्रमण देखिएको थियो भने २४ जनाको मृत्यु भएको थियो।

नेपालमा गत कार्तिक ५ गते सर्वाधिक ५ हजार ७ सय ४३ जना सङ्क्रमित फेला परेका थिए।

काठमाडौं उपत्यकाका तीन जिल्लामा धेरै सङ्क्रमित फेला पर्ने क्रम जारी छ।

को हुन् सङ्क्रमित ?

अहिले विभिन्न जिल्लामा सङ्क्रमित फेला परेका हुन्। तीमध्ये ७ स ७४ महिला र १ हजार १ सय ७४ पुरुष छन्।

अहिले काठमाडौंमा ६ सय ३५ जनासहित उपत्यकामा ८ सय ३५ सङ्क्रमित भेटिएका हुन्।

मन्त्रालयका अनुसार २४ घण्टामा झापामा १ सय ९३, मोरङमा ७२, सुनसरीमा ५३, चितवनमा ८२, भक्तपुरमा ८७, ललितपुरमा १ सय १३, कास्कीमा ९० र दाङमा ५१ जनामा कोभिड १९ पुष्टि भएको हो।

काठमाडौंमा ७ हजार ६ सय ६०, भक्तपुरमा ५ सय ८० र ललितपुरमा १ हजार ४ सय९९ गरी उपत्यकामा ९ हजार ७ सय ३९ जना सक्रिय सङ्क्रमित छन्।

पीसीआर विधिबाट परीक्षण गरिएका सबै नमुनामध्ये १३.४ प्रतिशतमा कोरोनाभाइरस पाइएको मन्त्रालयले जनाएको छ।

पुष्टि भएका सङ्क्रमितमा मृत्युदर ०.६ प्रतिशत छ। तर ६० वर्षभन्दा माथिको उमेरका सङ्क्रमितमा मृत्युदर उच्च छ।

देशभरि अस्पतालमा भएका सङ्क्रमितमध्ये ३ सय ४५ जना सघन उपचार कक्षमा र ६३ जना भेन्टिलेटरमा छन्।

अहिले हिमाली जिल्ला मनाङ, डोल्पा र मुगुमा सक्रिय सङ्क्रमितको सङ्ख्या शून्य छ भने काठमाडौं उपत्यकाका तीन जिल्ला र कास्कीमा उक्त सङ्ख्या ५ सय भन्दाबढी छ।

 

Share Now

Leave a comment.