Prakash Adhikari November 25, 2020

बर्दिबास(महोत्तरी), १० मंसिर । बालिका हत्याको विरोध प्रदर्शनमा प्रहरीको गोली लागेका सञ्जय अर्थात बुद्धिराज न्यौपानेको मृत्यु भएको विरोधमा प्रदर्शन सुरु भएपछि संभावित खतरालाई मध्यनजर गर्दै महोत्तरी प्रशासनले बर्दिबासमा निषेधाज्ञा जारी गरेको छ।

जिल्ला प्रशासन कार्यालय महोत्तरीले आज बिहान ९ बजेदेखि बर्दिबासमा निषेधाज्ञा गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिनुभएको छ।

निषेधाज्ञा पूर्वमा वार्ड नं १ को रातो खोला, पश्चिम मा वार्ड नं ५ को माइस्थान, उत्तरमा वार्ड नं ३ को पाटु र दक्षिणमा वार्ड नं ८ को क्वार्टर चौक सम्म। निषेधाज्ञा अबधिभर र उक्त क्षेत्र मा ५ जना भन्दा बढी भेला जम्मा हुन नपाउने,अनाबस्यक भेला हुन पाउने छैन।

निषेधाज्ञा अबधिमा राजमार्ग भने सुचारू रहने छ।

मंगलबारको प्रदर्शनमा प्रहरीको गोलीबाट घाइते हुनुभएका न्यौपानेको मृत्यु पछि आक्रोशित स्थानीयहरुले बुधबार बिहान साढे ८ बजेदेखि फेरि बर्दिबास बजार र पूर्वपश्चिम राजमार्ग बन्द गराएका थिए।

प्रदर्शनकारीहरुले मृतक न्यौपानेलाई सहिद घोषणा गर्नुपर्ने, मृतकका परिवारलाई क्षतिपुर्ति दिनुपर्ने, गोली चलाउने प्रहरीलाई कारबाही गर्नुपर्नेलगायत माग राखेका थिए।

बर्दिबास नगरपालिका १४ शुभम् बस्तीका सहिद आलमकी ६ वर्षीया छोरी गुलाब साह खातुनको आइतबार गरिएको रहस्यमय हत्याको भेद मंगलबार खुलेपछि स्थानीयले हत्यारामाथि कारबाहीको माग राख्दै मंगलबार दिनभर प्रदर्शन गरेका थिए ।

घटनाको विरोधमा मंगलबार दिउँसो गरिएको प्रदर्शनमा प्रहरीले अन्धाधुन्ध गोलि चलाउँदा एका थिए। गोली लागेर तीन जना घाइते भएका थिए। जसमध्ये बर्दिबास नगरपालिका–१ का सञ्जय भनिने बुद्धिराज न्यौपानेको उपचारका क्रममा काठमाडौंस्थित ग्रान्डी हस्पिटलमा मंगलबार राति मृत्यु भएको हो।

 

Share Now

Leave a comment.