
वाशिंटन डी.सी.(संयुक्त राज्य अमेरिका), १२ मंसिर(बीबीसी) । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इलेक्टरल कलेजले आफ्ना प्रतिस्पर्धी जो बाइडनले जितेको प्रमाणीकरण गरेमा आफूले ह्वाइट हाउस छाड्ने घोषणा गर्नुभएको छ।
तर उहाँले आफ्नो पराजय अझै स्वीकार गर्नुभएको छैन। यसअघि उहाँले सत्ता हस्तान्तरणको प्रक्रिया सुरु गर्नेमा सहमति जनाउनुभएको थियो।
राष्ट्रपति ट्रम्पको पछिल्लो अभिव्यक्तिले उहाँ पराजय स्वीकारको नजिक पुगे जस्तो देखिन्छ।
उहाँले भन्नुभएको छ, यदि बाइडनले जितेको कुरा इलेक्टरल कलेजले पुष्टि गरेमा उनी ह्वाइट हाउसबाट बाहिरिने छन्।
इलेक्टरल कलेजको बैठक आउँदो डिसेम्बर महिनाको १४ तारिखमा हुँदैछ।
तर ट्र्म्पले सिधै पराजय स्वीकार गरिसक्नुभएको छैन तर उहाँले प्रमाण प्रस्तुत नगरेरै मतदानमा धाँधली भएको दाबी दोहर्याइरहनुभएको छ।
यसअघि उहाँले राष्ट्रपति निर्वाचित जो बाइडनले कार्यभार सम्हाल्नका निम्ति औपचारिक सत्ता हस्तान्तरण सुरु हुने कुरामा सहमति जनाउनुभएको थियो।
President Donald Trump said for the first time he will leave office if the Electoral College votes for President-elect Joe Biden but made clear he's not prepared to concede https://t.co/dA6moiawtx
— CNN Breaking News (@cnnbrk) November 27, 2020
त्यस कामको जिम्मेवारी रहने सङ्घीय निकाय जनरल सर्भिसेस एड्मिनिस्ट्रेशन (जीएसए)ले सत्ता हस्तान्तरणको प्रक्रिया सुरु पनि गरिसकेको छ।
नाभेम्बर ३ को राष्ट्रपतिय निर्वाचनमा विजयी जो बाइडनले त्यसको स्वागत गनुभएको छ।
उहाँलाई राष्ट्रिय सुरक्षाका दैनिक जानकारी दिन थालिएको छ भने राष्ट्रपति निर्वाचित र उहाँको समूहले पाउने बजेट र साधन स्रोतहरू उपलब्ध गराइएको छ।
बाइडनले आफ्नो नेतृत्वको सरकार र प्रमुख निकायहरूमा मुख्य जिम्मेवारी दिइने केही व्यक्तिहरूको नाम पनि सार्वजनिक गरिसक्नुभएको छ।
ट्रम्पले सिनेटको दोस्रो चरणको प्रतिस्पर्धामा रहेका दुईजना रिपब्लिकनको पक्षमा जोर्जिया राज्यमा शनिवार र्याली आयोजना गर्ने जनाउनुभएको छ।
उनीहरूको जीतले माथिल्लो सदनमा रिपब्लिकनको पकड सुदृढ गर्नेछ जसले तल्लो सदनमा जो बाइडनको प्रभावमाथि दबाव सिर्जना गर्न सक्छ।