
ब्युनसएरिस(अर्जेन्टिना), १२ मंसिर(बीबीसी) । फुटबलका महान खेलाडी डिएगो म्याराडोनालाई एउटा निजी समारोह गरेर अन्त्येष्टि गरिएको छ।
आर्जेन्टिनाको राजधानी ब्युनस एरिजमा दिनभरि उनीप्रति भावपूर्ण श्रद्धाञ्जली प्रकट गरिएका थिए।
बिहीवार गरिएको निजी समारोहमा भने केवल दुई दर्जन जति उनका निकट मित्र तथा आफन्तमात्र सहभागी थिए।
ठूलो सम्मान
तर त्यसअघि उनीप्रति सम्मान प्रकट गर्न मानिसहरूको निकै ठूलो भिड जम्मा भएको थियो।
कैयन् मानिसहरू रोएका देखिन्थे भने कैयन्ले हावामा चुम्बन गरेर उनको स्मरण गरेका थिए।
उनको पार्थिव शरीर राखिएको शवपेटिका सामु धेरैले प्रार्थना गरेका थिए।
बुधवार ६० वर्षको उमेरमा हृदयाघातका कारण उनको निधन भएको थियो।
उनको निधनमा विश्वभरि नै शोक प्रकट गरिएको थियो। तर सबभन्दा धेरै शोक उनको देश आर्जेन्टिनामा परेको छ जहाँ उनलाई राष्ट्रिय विभूति मानिन्छ।
उनको शवपेटिकालाई आर्जेन्टिनाको राष्ट्रिय झण्डा तथा उनको चर्चित १० नम्बरको जर्सीले बेरिएको थियो। त्यसलाई राष्ट्रपति भवनमा सार्वजनिक सम्मानका निम्ति राखिएको थियो।
Diego Maradona is lying in honor at Argentina's presidential palace.
👉 https://t.co/INIZgGl6KQ pic.twitter.com/u1GnmtUrow
— CNN Football (@CNNFC) November 26, 2020
उनलाई अन्तिम बिदाइका निम्ति मानिसहरू एक किलोमिटरभन्दा लामो लाइनमा उभिएका थिए।
भिड धेरै भएपछि नियन्त्रण गर्न दङ्गा प्रहरीले अश्रुग्यास तथा रबरको गोली समेत प्रहार गर्नुपरेको थियो।
शान्ति कायम गर्नका निम्ति अधिकारीहरूले उनको शवको सार्वजनिक प्रदर्शन रोकेका थिए। त्यसपछि मोटरमा राखेर बेला भिस्टा चिहानस्थलमा लगियो जहाँ उनका आमाबुवालाई गाडिएको ठाउँ नजिकै उनको शव पनि गाडिएको थियो।
बीबीसीकी दक्षिण अमेरिका सम्वाददाता केटी वाट्सन भन्छिन् म्याराडोनाको निधन केवल एक चर्चित फुटबल खेलाडीको मात्र निधन थिएन। त्यो त एक यस्तो व्यक्तिको निधन थियो जो राष्ट्रिय प्रतीक थिए तथा जसको व्यक्तित्वले आर्जेन्टीनालाई विश्वमा ख्याति दिलाएको थियो।
विश्वका एक सर्वकालिक महान फुटबल खेलाडी म्याराडोनाको व्यक्तिगत जीवन भने दोषयुक्त थियो। उनी लागुऔषध कोकेन तथा रक्सीको कुलतमा फसेका थिए।
नोभेम्बर महिनाको शुरूमा उनको मस्तिष्कको सफल शल्यक्रिया गरिएको थियो। उनलाई रक्सीको कुलतबाट छुटाउन उपचार गरिने भएको थियो।
तर बुधवार उनलाई हृदयाघात भयो।
प्रारम्भिक जाँचमा उनलाई ‘गम्भीर हृदयाघात’ भएको देखिएको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन्।
त्यसबखत उनी आफ्नै घरमा थिए। उनका पाँच छोराछोरी छन्। उनको ५८ वर्षीय पूर्व श्रीमती क्लडिया भिलाफेनसँग २० वर्षको सम्बन्धपश्चात् उनले सन् २००४ मा सम्बन्धविच्छेद गरेका थिए।
How Diego Maradona redefined football in the space of less than five minutes.https://t.co/QvAHZl9Itz pic.twitter.com/VIRAk4ZhPd
— CNN Sports (@cnnsport) November 26, 2020
Each defender had "a stunned look on their face, a mixture of horror that this was being done against them and admiration that they had such exclusive access to witness this marvel."@marc_cart remembers Diego Maradona's Goal of the Century: https://t.co/QvAHZl9Itz pic.twitter.com/4X7aGwIgcX
— CNN Sports (@cnnsport) November 25, 2020