
खलंगा(रुकुम) । रुकुम पश्चिममा शुक्रबार राति जन्ती बोकेको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुगेको छ।
आठबीसकोट–१० दाँजेबाट जन्ती लिएर आठबीसकोटकै वडा नम्बर १० घारीखोला जाँदै गरेको रा १ ज ५८९ नम्बरको जिप शुक्रबार राति साढे ८ बजेतिर दुर्घटना भएको हो।
दुर्घटनामा परेका ५१ वर्षीय कलिभान नेपाली, ४८ वर्षीय आइते चनारा, ५१ वर्षीय गोरे नेपाली र ६६ वर्षीय सार्के नेपालीको घट्नास्थलमै मृत्यु भएको हो भने ५८ वर्षीय लालबहादुर नेपालीको उपचारका लागि कोहलपुर लाँदै गर्दा बाटैमा मृत्यु भएको हो।
पाँचै जना रुकुम पश्चिमको आठबीसकोट नगरपालिका ८ का बासिन्दा भएको प्रहरीले बताएको छ।
अप्ठेरो बाटो आएपछि युवा उमेरका जन्तीलाई झारेर गाडी अगाडि बढाउने क्रममा गाडी पछि सरेर करिब सय मिटर तल खसेर दुर्घटना भएको हो ।
दुर्घटना हुनासाथ जिपका चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ।