Prakash Adhikari November 28, 2020

 

काठमाडौं, १३ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघको शनिवार सम्पन्न निर्वाचनमा जिल्ला नगर सदस्यतर्फको उपाध्यक्ष र अधिकांश सदस्यको परिणाम प्रधान समूहको पक्षमा गएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला नगरको उपाध्यक्षमा दिनेश श्रेष्ठ निर्वाचित हुनुभएको छ ।

दिनेश श्रेष्ठले ५८ मत ल्याएर चन्द्र ढकाल समुहका गुणनिधी तिवारीलाई पराजित गर्नुभएको हो । तिवारीले ४७ मत पाउनुभएको थियो ।

विजयी श्रेष्ठ महासंघको बागमती प्रदेशको अध्यक्ष रहनु भएको थियो भने वस्तुगत उपाध्यक्षको रुपमा काम गरिसक्नुभएको छ । पराजित हुनुभएका तिवारी भने लुम्बिनी प्रदेशका अध्यक्ष हुनुहुन्छ ।

चुनावमा ११ जना किशोर प्रधान प्यानलका र ७ जना चन्द्र ढकाल प्यानलबाट निर्वाचित भएको बताइएको छ ।

निर्वाचित हुनेमा राजन श्रेष्ठ (७९ मत), तारानाथ घिमिरे (७२ मत), शोभाकान्त पौडेल (७० मत), कमल कुमार श्रेष्ठ (७० मत), गजेन्द्र कुमार भगत (६८ मत), चक्र बहादुर अधिकारी (६७ मत), अरुणराज सुमार्गी (६६ मत), देव कुमार श्रेष्ठ (६४ मत), रामेश्वर मानन्धर (६३ मत), कमान बहादुर खड्का (६२ मत), सुरकृष्ण वैद्य (६१ मत) हुनुहुन्छ ।

यस्तै, कुविर कुमार श्रेष्ठ (५८ मत), डिबी बस्नेत (५८ मत), गोपाल केडिया (५५ मत), महेन्द्र कुमार श्रेष्ठ (५४ मत), उमेश डालमिया (५३ मत), किशोर कुमार आचार्य (५२ मत) र अमृत भट्टचन (५१ मत) पनि जिल्ला नगरबाट महासंघको कार्यकारिणी सदस्यमा निर्वाचित हुनुभएको छ ।

जिल्ला नगरतर्फको पूरै १ सय ५ भोट नै खसेको थियो । त्यसमध्ये ३ वटा बदर भएको थियो ।

Share Now

Leave a comment.