महासंघ निर्वाचनमा वस्तुगत उपाध्यक्षमा प्रधान समुहका अन्जन श्रेष्ठ विजयी ; सदस्यमा दुवै समूहका बराबरी

काठमाडौं, १३ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघको चुनावमा वस्तुगततर्फको उपाध्यक्षमा प्रधान समूहका अन्जन श्रेष्ठ निर्वाचित हुनुभएको छ भने सदस्यमा दुवै समूहबाट बराबर सदस्य विजयी भएका छन् ।
किशोर प्रधान समुहबाट उठेका अन्जन श्रेष्ठले ६२ मत पाउनुभएको छ ने चन्द्र ढकाल समुहका उमेशलाल प्रधानले ३७ मत पाउनु भएको छ ।
व्यवसायिक समुह लक्ष्मी ग्रुपका अञ्जन श्रेष्ठ भवानी राणाको कार्यसमितिमा वस्तुगत तर्फ सदस्य रहनुभएको थियो भने उमेशलाल श्रेष्ठ वस्तुगतको उपाध्यक्ष हुनुहुन्थ्यो ।
सदस्यमा दुवै समूहबाट बराबरी
बस्तुगतबाट निर्वाचित हुने १४ सदस्य सीटमा ७ जना किशोर प्रधानको समूहबाट र ७ जना चन्द्र ढकाल समूहबाट निर्वाचित भएका छन् ।
वस्तुगतमा प्रधान समुहबाट अरनिको राजभण्डारी, मनिषलाल प्रधान,मिनमान श्रेष्ठ, सन्दिप अग्रवाल, बिष्णु गैरे, शकुन्तलाल हिराचन र गोविन्द ढुंगेल विजयी बन्नुभयो भने ढकाल समुहबाट नरेशलाल श्रेष्ठ, भत्तबहादुर हमाल, प्रकाशसिंह कार्की, हेमराज ढकाल, सुवोधकुमार गुप्ता,आकार अधिकारी, सुमितकुमार केडिया, विजयी हुनुभयो ।