
काठमाडौं, १४ मंसिर । नेपालमा प्राणघातक कोरोना भाइरसको संक्रमणमा परेर जीवन गुमाउनेको संख्या १ हजार ४ सय ७९ पुगेको छ भने यसको संक्रमण पुष्टि भएका बिरामीको संख्या झण्डै २ लाख ३२ हजार पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार अपरान्ह सार्वजनिक गरेको तथ्याक अनुसार विगत २४ घण्टामा यस घातक कोरोना भाइरसको संक्रमण समेतको कारणले विगत २४ घण्टामा २५ जनाले जीवन गुमाएका र थप १ हजार २ सय ५५ जनालाई कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएसंगै कोरोना प्रभावितको आँकडा यस्तो आएको हो ।
विगत २४ घण्टाको अवधिमा देशभरि ८ हजार ८ जनाको स्वाब परीक्षण गर्दा त्यति सङ्ख्यामा कोरोना सङ्क्रमित फेला परेका हुन्।
राजधानी काठमाडौं उपत्यकामा जनसंख्याको घना आबादी हुनाको साथै मानिसहरुको चहलपहल बढी आर्थिक क्रियाकलापमा सरिक हुनुपरेकोले उपत्यकामा कोरोना भाइरसको परीक्षणको दर बढाइएको छ भने सर्वाधिक सङ्क्रमित फेला पर्ने क्रम जारी छ।
यो वृद्धिसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या झन्डै २ लाख ३२ हजार पुगेको छ।
तर पर्याप्त परीक्षण नभएकाले यो सङ्ख्याले नेपालमा कोरोनाभाइरस महामारीको वास्तविक अवस्था चित्रण गर्न नसक्ने धारणा विज्ञहरूको छ।
अहिले थप सङ्क्रमित फेला परेपछि तथा केही १ हजार ४ सय जना निको भएपछि देशभरि सक्रिय सङ्क्रमितको सङ्ख्या १७ हजार ९ सय ९ पुगेको छ।
मन्त्रालयको तथ्याङ्कअनुसार आइतवारसम्म नेपालमा १ हजार ४ सय ७९ जनाको कोभिड १९ सँग सम्बन्धित कारणले मृत्यु भएको छ।
कति जना निको भए?
मन्त्रालयले आइतवार अपराह्ण प्रकाशित गरेको विवरणमा गत २४ घण्टाको अवधिमा थप १हजार ४ सय ४ जना सङ्क्रमणमुक्त भएका छन्।
अहिलेसम्म कुल दुई लाख भन्दा बढी सङ्क्रमित निको भएको सरकारी तथ्याङ्क छ। अर्थात् अहिले निको हुने दर ९१.६ प्रतिशत छ।
गत कार्तिक ५ गते सर्वाधिक ५ हजार ७ सय ४३ जना सङ्क्रमित फेला परेका थिए।
शनिवार १ हजार ३ सय ८० जनामा कोभिड १९ पुष्टि भएको थियो भने १९ जनाको मृत्यु भएको थियो।
को हुन् सङ्क्रमित ?
अहिले फेला परेका सङ्क्रमितमध्ये ५ सय ११ महिला र ७ सय ४४ पुरुष छन्।
तीमध्ये काठमाण्डूमा ४ सय २२, भक्तपुरमा ६५ र ललितपुरमा ६१ जनासहित उपत्यकामा ५ सय ४८ जनामा कोभिड(१९ पुष्टि भएको हो।
त्यसैगरी परीक्षणका क्रममा मोरङमा ७३, कास्कीमा ८३ र कैलालीमा ९८ जनामा पनि सङ्क्रमण देखियो।
अहिले सक्रिय सङ्क्रमितमध्ये काठमाडौंमा ७ हजार ६ सय ३३ जना, भक्तपुरमा ६ सय ४८, र ललितपुरमा १ हजार ५ सय १८ जना छन्।
अरू तथ्याङ्क के छ ?
मन्त्रालयका अनुसार अहिले देशभरि झन्डै १३ हजार सङ्क्रमित घरमै र बाँकी संस्थागत आइसोलेशनमा छन्।
वाग्मती प्रदेशमा अहिले देशभरि भएका सक्रिय सङ्क्रमितमध्ये ४४।७ प्रतिशत भएको मन्त्रालयको तथ्याङ्कले देखाउँछ।
देशभरि अस्पतालमा भएका सङ्क्रमितमध्ये ३ सय ६१ जना सघन उपचार कक्षमा र ५३ जना भेन्टिलेरमा छन्।
उपत्यकाबाहिर झापा, मोरङ, कास्की र रूपन्देहीमा सक्रिय सङ्क्रमितको सङ्ख्या ५ सय भन्दा बढी छ।
पीसीआर विधिबाट परीक्षण गरिएका सबै नमुनामध्ये १३.४ प्रतिशतमा कोरोनाभाइरस पाइएको मन्त्रालयले जनाएको छ।
पुष्टि भएका सङ्क्रमितमा मृत्युदर ०.६ प्रतिशत छ। तर ६० वर्षभन्दा माथिको उमेरका सङ्क्रमितमा मृत्युदर उच्च छ।(बीबीसी नेपाली सेवाबाट)