Prakash Adhikari November 30, 2020

 

काठमाडौं, १५ मंसिर । मुक्तिनाथ विकास बैंकले आफ्नै केन्द्रीय कार्यालय भवन निर्माण गर्ने भएको छ ।

बैंकले केन्द्रीय कार्यालय भवन निर्माणको भूमिपूजा तथा भवन शिलान्यास पनि गरेको छ ।

काठमाडौं महानगरपालिका ३, लाजिम्पाटमा रहेको जग्गामा निर्माण हुने केन्द्रीय कार्यालय भवनको बैंक सञ्चालक समितिका अध्यक्ष भरतराज ढकालले भूमिपूजा तथा शिलान्यास गर्नुभएको हो ।

कार्यक्रममा बैंक संचालक समितिका सदस्यहरू, शेयरधनी तथा ग्राहकहरू र कर्मचारीहरूको उपस्थिति थियो ।

बैंकले कोरोना संक्रमणबाट सुरक्षित भई डिजिटल बैंकिङलाई प्रोत्साहन गर्न भिजा नेटवर्क अन्तर्गतको जुनसुकै बैंकको एटीएमबाट बिनाकुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

त्यसैगरी, मोबाइल बैंकिङ, क्यूआर कोड स्क्यान, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा आदि जस्ता सेवाहरू पनि दिइरहेको छ ।

बैंकले १ सय ३८ ओटा शाखाहरू मार्फत ग्राहकलाई सेवा दिइरहेको छ ।

 

Share Now

Leave a comment.