Prakash Adhikari November 30, 2020

 

काठमाडौं, १५ मंसिर । नेपालमा प्राण घातक कोरोना भाइरसको संक्रमणबाट जीवन गुमाउनेहरुको संख्या १ हजार ५ सय भन्दाबढी पुगेको छ भने यस संक्रामक रोगबाट ग्रसित नेपालीको संख्या २ लाख ३३ हजार भन्दाबढी पुगेको छ ।

विगत २४ घण्टामा नेपालभरि १ हजार ४ सय ७४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको जानकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको छ।

मन्त्रालयका अनुसार ९ हजार ९ सय ११ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमित फेला परेका हुन्।

सो अवधिमा २९ जनाको कोभिड(१९ का कारण मृत्यु भएको सरकारी तथ्याङ्कले देखाउँछ।

यो वृद्धिसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या २ लाख ३३ हजार नाघेको छ।

मन्त्रालयले सोमवार अपराह्ण प्रकाशित गरेको विवरणअनुसार अहिले नेपालभरि १७ हजार ४ सय २३ जनामा सक्रिय सङ्क्रमण छ।

तीमध्ये आधाभन्दा बढी अर्थात् ११ हजार ८ सय १४ जना घरमै छन्।

कोरोनाभाइरस
मन्त्रालयका अनुसार अहिलेसम्म देशभरि १ हजार ५ सय ८ सङ्क्रमितको मृत्यु भएको छ।

यो तथ्याङ्कले नेपालमा सङ्क्रमितको मृत्युदर ०.६ प्रतिशत भएको देखाउँछ।

काठमाडौं उपत्यकाका तीन जिल्लामा धेरै सङ्क्रमित फेला पर्ने क्रम अहिले पनि जारी छ।

सोमवार सबैभन्दा धेरै काठमाडौंमा ६ सय १५ जना सङ्क्रमण पुष्टि भयो। ललितपुरमा १ सय २५ र भक्तपुरमा ६९ सङ्क्रमित थपिएका छन्।

नेपाल विश्वभरि कोरोनाभाइरस महामारीबाट प्रभावित देशमध्ये शीर्ष ४० स्थानभित्र पर्छ।

कोरोनाभाइरस
दक्षिण एशियामा भने भारत, बाङ्ग्लादेश र पाकिस्तानपछि नेपाल चौथो स्थानमा छ।

विश्वभरि कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएका मानिसको सङ्ख्या छ करोड नाघेको छ।

अमेरिकास्थित जोन्स हप्किन्स यूनिभर्सिटीले सङ्कलन गरेको विवरणअनुसार तीमध्ये १६ लाख ६० हजार भन्दाबढी सङ्क्रमितको मृत्यु भएको छ।

निको हुनेको संख्या
मन्त्रालयले प्रकाशित गरेको विवरणमा २४ घण्टाको अवधिमा थप १ हजार ९ सय ३१ जना सङ्क्रमणमुक्त भएको उल्लेख छ।

 

अहिलेसम्म कुल २ लाख १४ हजार पाँच सयभन्दा बढी सङ्क्रमित निको भएको सरकारी तथ्याङ्क छ।

अर्थात् नेपालमा सङ्क्रमित निको हुने दर ९० प्रतिशतभन्दा बढी छ।

आइतवार १ हजार २ सय ५५ जनामा सङ्क्रमण र २५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको थियो।

गत कार्तिक ५ गते सर्वाधिक ५ हजार ७ सय ४३ जना सङ्क्रमित फेला परेका थिए।

कोरोनाभाइरस सङ्क्रमणको लक्षण

को हुन् सङ्क्रमित ?
अहिले विभिन्न जिल्लामा सङ्क्रमित फेला परेका हुन्। तीमध्ये ६ सय २ महिला र ८ सय ७२ पुरुष छन्।

पीसीआर विधिबाट परीक्षण गरिएका सबै नमुनामध्ये १४.९ प्रतिशतमा कोरोनाभाइरस पाइएको मन्त्रालयले जनाएको छ।

पुष्टि भएका सङ्क्रमितमा मृत्युदर ०.६ प्रतिशत छ। तर ६० वर्षभन्दा माथिको उमेरका सङ्क्रमितमा मृत्युदर उच्च भएको तथ्याङ्कले देखाउँछ।

देशभरि अस्पतालमा भएका सङ्क्रमितमध्ये ३ सय ७५ जना सघन उपचार कक्षमा र ५८ जना भेन्टिलेटरमा छन्।

 

Share Now

Leave a comment.