Prakash Adhikari November 30, 2020

काठमाडौं, १५ मंसिर । मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेइ फेड.हे नेपालको एक दिवसीय भ्रमण सम्पन्न गरी आइतबारै प्रस्थान गरिसक्नुभएको छ ।

उहाँको भ्रमणले नेपालको राजनीतिक वृतमा भने एक नयाँ तरंग उत्पन्न गरेर गएको छ । छिमेकी मित्र राष्ट्रका रक्षा मन्त्रीसंग सरकारले मन्त्री स्तरको द्धिपक्षीय वार्ता नगराएर किन सैनिक मुख्यालयमा प्रधानसेनापतिसग द्धिपक्षीय सैन्य र सुरक्षा सहयोगको मामिलामा कुरा गर्ने बन्दोबस्त मिलायो ।

General Wei Fenghe, State Councilor and Defense Minister of China visits the Army Headquarters

प्रधानमन्त्री र उपप्रधानमन्त्री भन्दा मुनि रहने राज्य परिषद्(मन्त्रिपरिषद्)का वरिष्ठतम् सदस्य तथा रक्षा मन्त्री वेई फेड.हेको स्थान चीनका परराष्ट्रमन्त्रीको भन्दा माथि छ । सन् १९७० मा चिनिया जनमुक्ति सेनामा सेवा गरी सेकेण्ड आर्टिलरी कर्पको जनरल र कमाण्डर बन्नुभएका रक्षामन्त्री वेइ सेनाको रणनीतिक र सामरिक विभाग हेर्ने तथा जमिनबाट मार गर्ने क्षेप्यास्त्रको भण्डार(कोत)को व्यवस्थापन तथा नियन्त्रण गर्ने जनमुक्ति सेना रकेट फोर्सको कमाण्डर पनि हुनुहुन्छ । उहाँ सैन्य पोशाकमा नै नेपालका औपचारिक कार्यक्रममा सहभागी हुनुभएको थियो ।

नेपाली सेनाले प्रकाशित गरेको प्रेस विज्ञप्ति अनुसार चीनका रक्षामन्त्री जनरल वेई जंगी अड्डामा आउनु भई सर्वप्रथम उहाँको सम्मानमा आयोजना गरिएको सम्मान गारत ग्रहण तथा निरीक्षण गर्नु भएको थियो । तत्पश्चात् उहाँले प्रधान सेनापति महारथी श्री पूर्णचन्द्र थापासंग प्रधान सेनापति कार्यालयमा भेटवार्ता गर्नु भएको थियो । उक्त भेटवार्ताको क्रममा आपसी हित तथा द्विपक्षीय सैनिक सहकार्यको सम्बन्धमा छलफल भएको थियो ।

1606639629.jpg

सो भेटवार्ता पछि उहाँ सहितको प्रतिनिधि मण्डलसमक्ष नेपाली सेनाको इतिहास र वर्तमान भूमिकाका बारेमा छोटो श्रव्य(दृश्य सामग्री प्रस्तुत गरिएको थियो । तत्पश्चात चिनियाँ प्रतिनिधिमण्डल र नेपाली सेनाबीच आपसी हितका विषयहरुमा छलफल भएको थियो जसमा मुख्यतस् कोभिड(१९ महामारीका कारण प्रभावित भएका तालिम तथा शिक्षार्थी आदानप्रदानका कार्यहरुलाई सूचारु गर्ने तथा विगतमा सहमति भएका सैनिक सहायता प्राप्ति सम्बन्धी प्रगतिको बारेमा छलफल भएको थियो । छलफलको दौरान परराष्ट्र मन्त्रालयका प्रतिनिधि समेतको उपस्थिति रहेको थियो ।


Nepali Army नेपाली सेना

मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका STATE COUNCILOR तथा रक्षामन्त्री GENERAL WEI FENGHE जङ्गी अड्डामा आयोजित विभिन्न कार्यक्रममा सहभागी

NOVEMBER 29, 2020

१.    नेपालको एकदिने “Working Visit” मा आउनु भएका मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका स्टेट काउन्सीलर (State Councilor) तथा रक्षामन्त्री जनरल वेई फेङ्गहे (General Wei Fenghe) आज मिति २०७७ मंसिर १४ गते जङ्गी अड्डामा आयोजित विभिन्न कार्यक्रमहरुमा सहभागी हुनु भएको छ ।

.    रक्षामन्त्री जनरल वेई (General Wei) जंगी अड्डामा आउनु भई सर्वप्रथम उहाँको सम्मानमा आयोजना गरिएको सम्मान गारत ग्रहण तथा निरिक्षण गर्नु भएको थियो । तत्पश्चात् उहाँले प्रधान सेनापति महारथी श्री पूर्णचन्द्र थापासंग प्रधान सेनापति कार्यालयमा भेटवार्ता गर्नु भएको थियो । उक्त भेटवार्ताको क्रममा आपसी हित तथा द्विपक्षीय सैनिक सहकार्यको सम्बन्धमा छलफल भएको थियो ।

.    सो भेटवार्ता पछि उहाँ सहीतको प्रतिनिधि मण्डलसमक्ष नेपाली सेनाको इतिहास र वर्तमान भूमिकाका बारेमा छोटो श्रव्य-दृश्य सामग्री प्रस्तुत गरिएको थियो । तत्पश्चात चिनियाँ प्रतिनिधिमण्डल र नेपाली सेनाबीच आपसी हितका विषयहरुमा छलफल भएको थियो जसमा मुख्यत: कोभिड१९ महामारीका कारण प्रभावित भएका तालिम तथा शिक्षार्थी आदानप्रदानका कार्यहरुलाई सूचारु गर्ने तथा विगतमा सहमति भएका सैनिक सहायता प्राप्ति सम्बन्धी प्रगतिको बारेमा छलफल भएको थियो । छलफलको दौरान परराष्ट्र मन्त्रालयका प्रतिनिधि समेतको उपस्थिति रहेको थियो ।

४.      रक्षामन्त्री जनरल वेई (General Wei) र उहाँको प्रतिनिधिमण्डलले दुवै विषयहरुलाई सकारात्मक रुपमा लिइ उच्चस्तरीय भ्रमण लगायतका द्धिपक्षीय सहयोगका कार्यहरु यथाशिघ्र सुचारु गर्ने बारेमा आश्वासन दिनु भयो । त्यसै अवसरमा जनरल वेई ले नेपाली सेनाको कोभिड-१९ महामारी विरुद्धको प्रतिकार्यको सहयोगका लागि समेत प्रतिबद्धता व्यक्त गर्नु भयो ।

.    यस भ्रमणले दुई देशका सेनाबीच रहँदै आएको सौहार्दपूर्ण सम्बन्धलाई सुमधुर, मजबुत एवं विस्तार गर्न थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।


चिनिया विदेश मन्त्री वेईले रक्षा मन्त्रालयको समेत कार्यभार सम्हाल्नुभउएका प्रधानमन्त्री के.पी. ओली र राष्ट्रपति विद्यादेवी भण्डारीसंग पनि प्रतिनिधि मण्डलसहित भेटवार्ता गर्नुभएको थियो ।

 

 

तर द्धिपक्षीय सहयोगका कुराहरु भने प्रधानसेनापतिसंग मात्र गरिनुले यसलाई राजनीतिक र कुटनीतिक वृत्तमा आफूअनुकूल ब्याख्या गरिएको छ ।


Press Release on the visit of the Chinese State Councilor and Defense Minister

Press Release

His Excellency Gen. Wei Fenghe, State Councilor and Minister of National Defense of the People’s Republic of China, paid courtesy calls on Rt. Hon. President Mrs. Bidya Devi Bhandari and Rt. Hon. Prime Minister Mr. K P Sharma Oli this afternoon. During the calls on, views were exchanged on matters of mutual interest including the further promotion of traditionally friendly relations between Nepal and China.

Earlier, he held a meeting with General Purna Chandra Thapa, Chief of the Army Staff of Nepali Army at Army Headquarters, Bhadrakali.

Minister Fenghe arrived in Kathmandu this morning and left in the evening. Upon his arrival and departure, he was received and seen off by Hon. Mr. Ram Bahadur Thapa, Minister for Home Affairs, and other officials of the Government of Nepal at Tribhuvan International Airport.

Ministry of Foreign Affairs
Singh Durbar, Kathmandu
29 November 2020


Share Now

Leave a comment.