
मुम्बई(भारत), १७ मंसिर ।गायक तथा इन्डियन आइडलका होस्ट आदित्य नारायण आज मंगलबार आफ्नी प्रेमिका श्वेता अग्रवालसँग विवाह बन्धनमा बाँधिएका छन्।
दुवै परिवारका अभिभावक र केही नजिकका इष्टमित्रको उपस्थितिमा उनीहरुले भारतको मुम्बई जुहूस्थित इस्कन मंदिरमा बिहे भएको थियो।
कोरोना फैलिने जोखिमका कारण वैवाहिक कार्यक्रममा करिब ५० जना उपस्थित भएका थिए।
Baaraat set hai!
'Dulha is Dancin' with Mom & Pops!!! @uditnarayan_'s sonny boi @narayanaditya45 is all set to her married…Scenes from his Barat in Mumbai. ❤️
.
.
. #reelkarofeelkaro #AdityaNarayan #shwetaagarwal #weddingsaga #weddingzworld #barat #shaadi pic.twitter.com/p1Bloz32yd— WeddingzWorld (@WeddingzWorld) December 1, 2020
आदित्य चर्चित गायक उदित नारायण र गायिका दीपाका सुपुत्र आदित्यले लामो समय प्रेम सम्बन्धमा रहेपछि श्वेतासंग लगनगाँठो कसेका हुन।
मोडल तथा अभिनेत्री श्वेताले उनले प्रभास स्टारर फिल्म राघवेन्द्र (२००३) बाट फिल्मि जगतमा डेब्यू गरेकी हुन्।
तंदूरी लव फिल्ममा काम गरेकी श्वेता शापितमा आदित्य नारायणसँगै देखिएकी थिइन्।
Congratulations on your wedding day and best wishes for a happy life together. It means so much to witness the joy of your wedding day. Congratulations to you both on finding the perfect person to share all your days with.#AdityaNarayan #Weds #ShwetaAgarwal pic.twitter.com/SSdxadIPU7
— Puneet Kumar Dwivedi (@puneetdwivedi22) December 2, 2020
शापित आदित्य नारायण मुख्य नायक भएको पहिलो फिल्म हो। यो फिल्मलाई विक्रम भट्टले निर्देशन गरेका थिए।
श्वेताले देखो मगर प्यार से, बाबुल कि दुआए लेती जा, सगुन लगायत टेलिशृंखलामा अभिनय गरेकी छिन्।
नोभेम्बर ३ मा आदित्यले सामाजिक सञ्जालमार्फत् आफ्नो बिहेको खबर सार्वजनिक गरेका थिए। उनले लेखेका थिए, ‘हामी बिहे गर्दैछौं। श्वेतासँग बिहे गर्न पाउने म सबैभन्दा भाग्यमानी हुँ। मेरी सोलमेट..’
बुधबार मुम्बईको फाइभ स्टार होटलमा हुने रिसेप्सनमा बलिउडका ठूला गायक गायिका र कलाकारहरुको जमघट हुने उदितले बताएका छन्। आदित्यको रिसेप्सनका लागि प्रधानमन्त्री नरेन्द्र मोदीदेखि अभिताम बच्चनसम्मलाई निम्तो दिइएको खबरमा जनाइएको छ।
#InPics | Dressed in stunning Sherwani groom #AdityaNarayan arrives at his wedding venue. Father @uditnarayan_ can be seen grooving in Baraat. The wedding already looks like a dream and we certainly cannot wait for the official pictures of the couple!
(📸: Pallav Paliwal) pic.twitter.com/WKW2vo5blj
— Jagran English (@JagranEnglish) December 1, 2020