Prakash Adhikari December 2, 2020

काठमाडौं, १७ कार्तिक । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली सहभागी नभएपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक औपचारिकतामात्र पूरा गेर समाप्त भएको छ ।

हिजो पार्टी अध्यक्षको अपमान गर्ने संस्कारबिहिनहरुको बैठकमा बस्दिन भनेर बाहिरिनु भएका पार्टीका प्रथम अध्यक्ष ओलीले आज बैठकमा उपस्थिति जनाउने संकेत दिएपछि दिउँसो १ बजेको निर्धारित बैठक २ बजेलाई सारिएको थियो। तर २ बजेपछि सुरु भएको बैठकमा प्रधानमन्त्री उपस्थित हुने छेकछन्द नदेखिएपछि केहीबेर बसेर बैठक स्थगित भएको हो।

बैठकको सुरुमा नै कार्यकारी अध्यक्ष प्रचण्डले प्रथम अध्यक्ष आउने संभावना क्षीण हुँदै गएको बताएपछि सचिवालय बैठक २० गते पुनः बस्‍ने निर्णय गरिएको हो।

सचिवालय बैठकमा पेश भएका दुई अध्यक्षहरुका अलग अलग प्रस्तावहरुमा छलफल हुन बाँकी नै रहेको र सचिवालय बैठक २० गते सरेकोले १८ मंसिरमा निर्धारित भएको स्थायी कमिटीको बैठक २१ गते पुर्नतालिकीकरण गरिएको छ ।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालयको अर्को बैठक २० गते बिहान ११ बजे र स्थायी कमिटी बैठक २१ गते बस्ने बताउनुभएको छ।

हिजो मंगलबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीसंग कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालको चर्काचर्की परेको थियो।

कात्तिक २८ गते बसेको सचिवालय बैठकमा अध्यक्ष प्रचण्ड र मंसिर १३ गतेको बैठकमा प्रधानमन्त्री ओलीले एकअर्कालाई हदैसम्मको आरोप लगाउँदै प्रतिवेदन पेश गरेपछि नेकपाको विवाद उत्कर्षमा पुगेको छ।

Share Now

Leave a comment.