Prakash Adhikari December 3, 2020

 

काठमाडौं, १८ मंसिर । द फाइनान्सियल टाइम्स् लण्डनले वर्ष २०२० का लागि एनएमबि बैंकलाई ‘बैंक अफ द इयर २०२०” अवार्ड प्रदान गरेको छ। सो सम्मान बैंकले विगत चार वर्षमा तेस्रो पटक प्राप्त गरेको हो।

१२ लाखभन्दा बढी ग्राहकहरुलाई बैंकिङ्ग सेवा प्रदानगर्दै आइरहेको एनएमबी बैंकले नवीकरणीय उर्जा, कृषि, साना तथा मझौला व्यवसायहरुमा उल्लेख्य कर्जा लगानी गर्दै आएको छ।

आफूलाई सबल तथा मजबुत बनाउन देशका विभिन्न शहर तथा ग्रामिण भेगमा शाखा विस्तार गर्दै गएको बैंकले आफ्नो वासलातलाई सन्तुलित आकारमा विस्तार गर्दै आएको छ ।

प्रतिष्ठित अवार्ड जितेपछि बैंकले एक विज्ञप्ति जारी गर्दै भनेको छ ‘विश्व समुदायनै कोभिड१९ को महामारीबाट गुज्रिरहेको यस कठिन घडीमा पाएको यो बैंक अफ दि इयरको सम्मान हाम्रा कर्मचारीहरुले देखाएको अदम्य साहस, त्याग, कडा परिश्रम, कामप्रतिको समर्पण, दिगो व्यवसाय विस्तारप्रतिको ऐक्यवद्धताका साथै यस बैंकको सञ्चालक समितिको निर्देशन तथा सम्पूर्ण सरोकारवालाहरुको अनवरत सहयोगको प्रतिफल हो।’

Share Now

Leave a comment.