Prakash Adhikari December 3, 2020

सिमिकोट(हुम्ला), १८ मंसिर । हुम्ला जिल्लाको सदरमुकाम सिमकोटस्थित विमानस्थलका प्रमुखको निवासमा बिहीबार बिहानै लागलागी भएको छ ।
जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) सूर्यप्रकाश सुवेदीले जानकारी दिनुभए अनुसार विमानस्थलको क्वाटर भवन छिचोलेर आगोको ज्वाला बाहिर निस्केपछि मात्रै आगलागीका बारेमा अरुले जानकारी पाएका थिए ।

हुम्ला सदरमुकाम सिमीकोटको माथिल्लो बजारमा रहेको विमानस्थल क्वाटरमा लागेको आगो नियन्त्रणका लागि जिल्लास्थित नेपाल सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीसहित स्थानीय सक्रिय रहेका छन् ।

बिहानैदेखि सबै लागेर आगो नियन्त्रणमा लिने प्रयास भैरहेको प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले जानकारी दिनुभएको छ ।

 

Share Now

Leave a comment.