Prakash Adhikari December 3, 2020

दशरथचन्दनगर (बैतडी), १८ मंसिर (रासस) । प्रधानमन्त्री कप (पीएम) एक दिवसीय पुरुष तथा महिला क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिमको प्रदेशस्तरीय छनौटको खेल तालिका सार्वजनिक भएको छ। बुधबार नेपाल क्रिकेट संघ, सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघले तालिका सार्वजनिक गरेको हो।

तालिकाअनुसार पुरुष टिमको टिमको मंसिर २७ देखि र महिला टिमको छनौट प्रतियोगिता पुुस ४ गतेदेखि छनोट सुरु हुने नेपाल क्रिकेट संघका सुदूरपश्चिम सचिव तेजप्रकाश भट्टले जानकारी दिनुभएको छ।

पुरुष टिमको छनोट प्रतियोगिता कञ्चनपुरको महेन्द्रनगर र महिलाको कैलालीको धनगढीमा सञ्चालन हुनेछन्।

छनोटमा पुरुष टिमतर्फ प्रदेशका आठ टोली तथा महिला टिमतर्फ ६ टोली सहभागी हुनेछन्।

मंसिर २७ मा हुुने पुरुष टिमको छनोटको पहिलो खेलमा अछाम र डोटी भिड्ने जनाइएको छ।

यस्तै, पुस ४ मा हुुने महिला टिमको छनोटको पहिलो खेलमा कैलाली र डोटीबीच हुनेछ।

प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिता अगामी पुस ११ गतेदेखि हुँदैछ।

महिलातर्फका खेलहरु दाङमा सञ्चालन हुनेछन् भने पुरुष टिमतर्फका काठमाडौंमा हुने नेपाल क्रिकेट संघले जनाएको छ। जसमा तीन विभागीयसहित १० टिमको सहभागिता हुनेछ

Share Now

Leave a comment.