Prakash Adhikari December 3, 2020

काठमाडौं, १८ मंसिर । नायिका श्वेता खड्काले एकल जीवनलाई त्याग्दै दोस्रो लगनगाँठो कस्ने निर्णय गर्नुभएको छ ।

उहाँले लामो समयदेखि कायम रहेको प्रेम सम्बन्धलाई यही मंसिर २२ गते बिबाहबन्धनमा परिणत गर्दै हुनुहुन्छ । उहाँले धनगढी निवासी विजयेन्द्रसिंह रावतसंग बिवाह गर्न लाग्नुभएको हो ।

बिहेका लागि निम्तो कार्ड समेत नजिकका आफन्त र साथीभाइलाई बाडिएको छ ।

श्वेताको बिवाह गोकर्ण फरेष्ट रिसोर्टमा हुनेछ ।

नायिका श्वेता खड्का चलचित्र ‘कहाँ भेटिएला’बाट चलचित्र क्षेत्रमा प्रवेश गर्नुभएको हो । श्वेताले नायक श्रीकृष्ण श्रेष्ठसँग २०७१ साल असार २३ गते विवाह गर्नुभएको थियो । तर, बिहे भएको करिब एक महिनापछि श्रीकृष्णको निधन भएको थियो ।

Share Now

Leave a comment.