
डल्लास(संयुक्त राज्य अमेरिका), १८ मंसिर(एबीसी न्यूज) । विमान निर्माता बोईड. कम्पनीको ७३७ म्याक्स सेरिजका जहाजले पुनः आकाशमा उडान थालेको छ ।
केही महिनाको अन्तरालमा यो सेरिजका दुईवटा जहाज दुर्घटनाग्रस्थ भएपछि गरिएको ब्ल्याक बक्स परीक्षणमा पाइलटले जहाजलाई सुरक्षित बनाउन उचाई लिन खोज्दा नसकेको तथ्य भेटिएपछि यसको सफ्टवेयरमा समस्या हुनसक्ने जनाउदै वोइड. कम्पनीले संसारभर उडान गरिरहेका विभिन्न एअरलाइन्सका यो सेरिजका जहाज उडान नगर्न आग्रह गरेपछि २०१९ को मार्चबाट यो सेरिजका सबै विमानको उडान रोकिएको थियो ।
The Boeing 737 MAX returned to the skies for the first time on Wednesday with members of the general public onboard since two fatal crashes forced U.S. regulators to ground the plane in March 2019. https://t.co/01rZqLSLwP
— ABC News (@ABC) December 3, 2020
अमेरिकन एअरलाइन्सले यो सेरिजका जहाजको सफ्टवेयर स्तरोन्नति गरिएपछि सुरक्षित भएको विश्वास दिलाउन पत्रकारहरुलाई राखेर डल्लासदेखि ओक्लोहोमाको टुल्सासम्म प्रदर्शन गरेको थियो । अमेरिकाको संघीय उड्डयन प्रशासनले सफ्टवेयर स्तरोन्नति गरिएको वोइड. ७३७ म्याक्सलाई सुरक्षित नागरिक उडानको लागि नोभेम्बर १८ मा स्वीकृति दिएको थियो ।
अमेरिकन एयरलाइन्सले अहिले स्तरोन्नति गरिएको सफ्टवेयरमा आफ्ना पाइलटहरुलाई अभ्यस्त गराउन तालिम सुरु गरेको छ ।
This morning, American Airlines flew the first 737 Max flight out of DFW since the model was grounded in March 2019. 🛫
The FAA re-certified the aircraft to return to the skies in November, and today's flight kicked off the plane's return to service with American. pic.twitter.com/JM48bYyvQS
— DFW Airport (@DFWAirport) December 2, 2020
अमेरिकामा पनि यो सेरिजका जहाजलाई यसै बर्षमा सञ्चालन गर्ने अग्ररता देखाउने पहिलो विमान कम्पनी अमेरिकन एयरलाइन्स भएको छ ।यसले डिसेम्बर २९ मा मायमीबाट न्यूयोर्कसम्म अर्को प्रदर्शन उडान गर्नेछ । एयरलाइन्सले अहिले यात्रुहरुको विश्वास जित्नु नै ठूलो कुरा भएको बताएको छ । एयरलाइन्सका चिफ अपरेटिड. अफिसर डेभिड सैमोरले भन्नुभएको छ , मलाई राम्रो थाहा छ कि यदि यो जहाज सुरक्षित छ भन्ने उनीहरुलाई लागेको छैन भने हाम्रा विमान चालकहरु यो जहाजभित्रै पस्ने छैनन् ।
अकेरिकाकै साउथवेष्ट एयरलाइन्सले भने २०२१ मा मात्रै यसको उडान गर्ने जनाएको छ ।
तर विगतका दुई दुर्घटनामा जीवन गुमाएका यात्रुहरुका आफन्तहरुले भने स्तरोन्नति गरिएको जहाजको सफ्टवेयर र थालिएको उडानलाई मात्र स्टन्ट भनेका छन् । यो सेरिजका जहाज चढ्न आफूहरुले कसैलाई सिफारिस नगर्ने मत उनीहरुले सार्वजनिक गरेका छन् ।
140 passengers onboard @AmericanAir #737MAX media flight. First time in 20 months with passengers aboard. AA is running 5 “fights to nowhere” for employees beginning later this week in DFW, MIA, and LGA. pic.twitter.com/LIXMw4tDsP
— Chris Sloan (@airchive) December 2, 2020