काठमाडौं, १९ मंसिर । नेपाल पर्वतारोहण संघ (एनएमए) लाई सिद्धार्थ बैंक लिमिटेडले एक लाख रुपैयाँ सहयोग गरेको छ ।
बैंकले एनएमएद्वारा सञ्चालित ‘माउण्टेन डिजास्टर रिलिफ एण्ड एजुकेशन सर्पोट’ फण्डलाई उक्त रकम सहयोग गरेको हो ।
बिहीबार एक कार्यक्रमका बीच बैंकका रिलेससिप म्यानेन्जर मोहनी महर्जनले एशोसिएसनका कार्यकारी निर्देशक (सिइओ) कुलप्रसाद राईलाई सो रकम हस्तान्तरण गर्नुभयो ।
बैंकले सामाजिक उत्तरदायीत्व वहन (सीएसआर) अन्तरगत उक्त रकम संघलाई उपलब्ध गराएको जनाएको छ ।
सहयोग रकम ग्रहण गर्दै संघका सिइओ राईले सो रकम पर्वातारोहणका क्रममा दुर्घटनामा परेका, प्रभावित परिवारलगायत पर्वातारोहणको क्षेत्रमा काम गर्ने मजदुरहरुको शिक्षा, स्वास्थ्य लगायत व्यक्तिको वृत्ति विकासमा खर्च गरिने बताउनुभएको छ ।


















