Prakash Adhikari December 5, 2020

 

काठमाडौं, २० मंसिर । शनिवार सम्पन्न यस बर्षको नेपाल सुन्दरी प्रतियोगितामा नम्रता श्रेष्ठले मिस नेपाल वर्ल्ड २०२० को ताज पहिरिने सौभाग्य पाउनुभएको छ । उहाँलाई ‘मिस नेपाल वर्ल्ड २०१९’की बिजेता अनुष्का श्रेष्ठले ताज पहिराउनुभएको थियो ।

यस बर्ष आयोजकहरुले मिस सुप्रानेशनल,मिस नेपाल इन्टरनेशनल र मिस अर्थको समेत चयन गरेका छन् । मिस नेपाल सुप्रानेसनल २०२० को ताज सिमल कनौजियले जित्नु भएको छ भने सन्ध्या शर्माले मिस नेपाल इन्टरनेसनल २०२० को ताज पहिरिनुभएको छ ।

त्यस्तै मिस नेपाल अर्थ २०२० को उपाधि सुप्रिया श्रेष्ठले पाउनुभएको छ ।

 

Share Now

Leave a comment.