Prakash Adhikari December 6, 2020

 

एटलाण्टा(जर्जिया,संयुक्त राज्य अमेरिका), २१ मंसिर(बीबीसी) । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले जोर्जियाका रिपब्लिकन गभर्नरलाई जो बाइडनको चुनावी जितलाई उल्ट्याउन निरन्तर दबाव दिनुभएको रहस्य सार्वजनिक भएको छ।

एउटा श्रृङ्खलाबद्ध ट्वीटमा ट्रम्पले गभर्नर ब्रायन केम्पलाई राज्य संसद्‌को विशेष सत्र बोलाउन आह्वान गर्नुभएको छ।

राष्ट्रपति ट्रम्पले जोर्जियामा सिनेटको चुनावी अभियान आरम्भ हुनु केही घण्टाअघि यस्तो आह्वान गर्नुभएको हो।

राष्ट्रपति ट्रम्पले अझै चुनावको परिणामलाई स्वीकार गरेर पराजय स्वीकार्नुभएको छैन। उहाँले कुनै प्रमाणविनै बाइडनले धाँधली गरेर चुनाव जितेको आरोप लगाइरहनुभएको छ।

उहाँले विभिन्न राज्यहरूमा कानुनी चुनौती दिनुभएको छ तर लगभग सबै ती चुनौतीहरू असफल भएका छन्।

यो चुनावमा जोर्जिया एउटा मुख्य प्रतिस्पर्धात्मक राज्य रहेको थियो।

त्यहाँ बाइडनले झीनो मतान्तरले चुनाव जित्नुभएको छ। सन् १९९२ पछि उक्त राज्यमा डेमोक्र्याटिक उम्मेदवारले चुनाव जितेको यो पहिलोपटक हो।

अब त्यहाँ सिनेटमा कब्जा गर्नका लागि दुई पार्टीबीच कडा राजनीतिक प्रतिस्पर्धा हुन गइरहेको छ।

यदि उक्त राज्यमा ज्यानुअरीमा हुने पुनः मतदानमा डेमोक्र्याटले जितेमा रिपब्लिकनले अमेरिकी माथिल्लो सदनमा आफ्नो नियन्त्रण गुमाउने छन्।

वाशिङ्टन पोस्टका अनुसार ट्रम्पले केम्पलाई शनिवार बिहान फोन गरेर मतपत्रहरूको हस्ताक्षरको परीक्षण गर्न माग गर्न सल्लाह दिनुभएको थियो।

तर त्यस्तो निर्देशन दिने अधिकार नभएका केम्पले उक्त अनुरोधलाई अस्वीकार गरेको स्रोतलाई उल्लेख गर्दै उक्त पत्रिकाले लेखेको छ।

ट्रम्पले चुनावभरि हुलाकबाट गरिने मतदानमा धेरै धाँधली भएको बताउँदै आउनुभएको छ। तर त्यसको कुनै प्रमाण दिन सक्नुभएको छैन।

ट्विटरमा सवालजबाफ

ट्विटरमा उहाँले लेख्नुभएको छ, ूयदि गभर्नर केम्प अथवा विदेशमन्त्रीले हस्ताक्षरको रुजू गर्न दिने हो भने म सजिलै र चाँडै जोर्जियामा जित्नेछु। ‘ किन यी दुई रिपब्लिकनले हुन्न भनिरहेका छन्रुू

केम्पले प्रतिउत्तर दिँदै ट्विटरमै ‘आफूले सार्वजनिक रूपमा हस्ताक्षर जाँच्न तीन पटक आह्वान गरेको’ लेख्नुभएको छ।

त्यसलाई ट्रम्पले उत्तर दिँदै लेख्नुभएको छ, ‘तिम्रा मान्छेहरूले तिमीले भनेकोजस्तो गर्न अस्वीकार गरिरहेका छन्। तिनीहरूले के लुकाइरहेका छन् ?’

‘कमसेकम संसद्को विशेष सत्र त बोलाउ। त्यो तिमी सजिलै गर्नसक्छौँ’

पछि ट्रम्पले आफ्नो चुनाव पछिको पहिले र्‍यालीअघि केम्पले ‘धेरै कठिन काम गर्नुपर्नेछ’ भन्दै अर्को ट्वीट पनि गर्नुभएको छ।

त्यसपछि जोर्जियामा भएको चुनावी सभालाई सम्बोधन गर्दै ट्रम्पले अझै पनि आफूले चुनाव जित्नसक्ने बताउनुभएको छ।

Share Now

Leave a comment.