Prakash Adhikari January 31, 2018

वाशिंट्न डीसी)संयुक्त राज्य अमेरिका), १७ माघ । एनआरएनए अमेरिकाले अमेरिकी सरकारको तर्फबाट नेपालीलाई प्राप्त टेम्पोररी प्रोटेक्टेड स्ट्याटस (टिपीएस) को म्याद थप्नका लागि नेपाल सरकारलाई आवश्यक पहल गरिदिन अनुरोध सहितको एक ज्ञापनपत्र अमेरिकाका लागि नेपाली राजदूत डा.अर्जुन कार्कीलाई बुझाएको छ।

जनवरी २६ का दिन एनआएएनएका अध्यक्ष डा. केशव पौडेलको नेतृ्त्वमा गएको एक प्रतिनिधिमण्डलले वाशिंगटन डीसी स्थित नेपाली दूतावासमा राजदूत डा.अर्जुन कार्कीलाई भेटेर सो ज्ञापन पत्र बुझाएको हो ।

सन् २०१५ मा नेपालमा गएको महाभूकम्प पश्चात मे २४, २०१५ भित्र अमेरिका प्रवेश गरिसकेका कागजपत्र बिहीन नेपालीहरुलाई प्राप्त टिपीएसको म्याद आगामी जुन २४, २०१८ मा समाप्त हुँदै छ।

करीब चौध हजार नेपालीहरुले टिपीएस सुविधा प्राप्त गरेका छन् ।

वर्षौं नेपाल जान नपाएकाहरुले समेत यस सुविधाको प्रयोग गरी आवत-जावत गर्ने अवसर प्राप्त गरेका छन् ।

एनआरएनए अमेरिकाका अध्यक्ष डा. पौडेलले एनआरएनए नेपालीहरुको चासोको रुपमा रहेको टिपीएस नविकरणको पक्षमा भएकोले अमेरिकी संसदका सदस्यहरुलाई भेटेर विषयवस्तुको जानकारी गराउने देखि नेपाल सरकारलाई औपचारिक प्रक्रिया शुरु गर्न अनुरोध गर्ने उद्देश्यले नै ज्ञापन पत्र समेत बुझाइएको बताए ।

उनले नेपाल सरकारको तर्फबाट हुने आवश्यक प्रक्रियाहरुको कुटनैतिक संयोजन राजदूतले गर्ने र जनस्तरमा गर्नुपर्ने पहल एनआरएनए अमेरिकाको राष्ट्रिय समन्वय समिति र स्टेट च्याप्टरहरुले स्थानीय नेपाली संघ(संस्था र सामाजिक अगुवाहरुसंगको समन्वयमा गर्ने बताए ।

फ्लोरिडाका रिपब्लिकन सांसद कर्बेलो कार्लोसले अक्टोबर ३१, २०१७ मा अमेरिकी संसदमा एक विधेयक प्रस्तुत गरेका छन्। आठ डेमोक्रेटिक र चार रिपब्लिकन साँसदहरुले समर्थन गरेको त्यो विधेयक पारित भएमा हैटी, निकारागुवा, एलसाल्भाडोर र होन्डुरसबाट अमेरिकामा टिपीएस लिएर बसेकालाई तोकिएको प्रावधान पुरा गरेको खण्डमा ग्रिन कार्ड लिन सक्ने व्यवस्था गरेको छ ।
नेपालीहरुको हकमा समेत त्यस्तै प्रावधान सहितको कानूनी व्यवस्थाका लागि एनआरएनए अमेरिका तथा टिपीएस नविकरणका लागि गठित नेपाली समुदायका प्रतिनिधिहरुले आ(आफ्नो स्तरबाट अमेरिकी संसदका प्रभावशाली सदस्यहरुसंग पहल गर्ने भएका छन् ।

Share Now

Leave a comment.