
सातदोबाटो(ललितपुर), २७ कार्तिक । ललितपुरमा पनि राजावादीहरुले शनिबार मोटरसाइकल र्याली निकालेका छन्।
ललितपुरको र्यालीलाई राष्ट्रिय प्रजातन्त्र पार्टीले नेतृत्व गरेको थियो।
राप्रपा नेता निरञ्जन थापाको नेतृत्वमा निस्केको र्यालीका सहभागीले राजा चाहियो, गणतन्त्र मुर्दावाद, राजसंस्था जिन्दावाद भन्दै नारा लगाएका थिए ।
सातदोबाटोस्थित एन्फा एकेडेमीबाट निस्केको र्याली कुपण्डोल, सानेपा, लगनखेल हुँदै जावालाखेल पुगेर टुंगिएको थियो।
जुलुशमा सहभागीले जावलाखेलस्थित स्व. राजा वीरेन्द्रको शालिक परिक्रमा गरी पुरानो राष्ट्रिय गीत ” श्रीमान गम्भीर…” नेपाली बजाएका थिए।
बहुसंख्यक युवा सहभागी र्यालीमा मोटरसाइकलमा रहेकाहरूले राष्ट्रिय झन्डा बोकेका थिए।
विगत केही समययता देशका विभिन्न ठाउँमा राजसंस्थाको पक्षमा आन्दोलनहरू भइरहेका छन्।