Prakash Adhikari December 18, 2020

काठमाडौं, ३ पौष । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दल कार्य समितिको आज बसेको बैठकले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिन र तत्काल संसद अधिवेशन बोलाउन माग गरेको छ ।

दलको बैठकपछि संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले भन्नुभयो, ‘यो अध्यादेश संविधानको भावना र मर्म विपरीत छ । यो तत्काल सरकारले फिर्ता लेओस् ’ ।

कांग्रेस संसदीय दल कार्यसमितिको बैठकले संसदको अधिवेशन तत्काल बोलाउन पनि माग गरेको छ ।

कांग्रेसले सर्वसत्तावादको यात्रामा अगडि नबढ्न र संविधानमाथि खेलबाड नगर्न पनि सरकारलाई सचेत गराएको छ ।

कांग्रेसले सरकारद्धारा आफ्नो असफलतालाई ढाकछोप गर्न र निरंकुश शैलीमा शासन चलाउने सर्वसत्तावादी सोचलाई कार्यान्वयन गर्ने क्रममा यो अध्यादेश ल्याएको बताएको छ ।

 

Share Now

Leave a comment.