काठमाडौं,३ पौष । निजी क्षेत्रमा साह्रै राम्रो उन्नति गरिहेको हिमालयन डिष्टिलरी लिमिटेडले गत आर्थिक बर्षको नाफाबाट सेयरधनीहरुलाई शतप्रतिशत लाभांश दिने भएको छ ।
कम्पनीको पौष २ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा ५० प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत ५० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।
कम्पनीले पौष २९ गते कम्पनीको रजिष्टर्ड कार्यालय बीरगञ्ज, पर्सामा २० औं वार्षिक साधारण सभा बोलाएको छ ।
कम्पनीले साधारण सभा प्रयोजनका लागि पुस १७ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा पुस १६ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन पाउनेछन् ।
कम्पनीको चुक्ता पूँजी हाल ५७ करोड ८४ लाख ६४ हजार रुपैयाँ छ ।