Prakash Adhikari December 22, 2020

काठमाडौं, ७ पौष । चर्चित नेपाली अभिनेत्री मनीषा कोइरालाको आत्मसंस्मरण पुस्तक ‘हिल्ड’ को नेपाली अनुवाद ‘जिजीविषा स् क्यान्सरले दिएको नयाँ जीवन’ सार्वजनिक भएको छ ।

अंग्रेजी भाषामा लेखिएको हिल्डलाई निकै रुचाइएपछि यसको नेपाली अनुवाद प्रकाशन गरिएको हो ।

Manisha Koirala Hd Wallpapers

फाइन प्रिन्टले प्रकाशन गरेको पुस्तकको नेपाली अनुवाद पत्रकार स्वरूप आचार्यले गर्नुभएको हो ।

‘हिल्ड’ भने मनीषा र नीलम कुमारको सहलेखनमा तयार भएको हो ।

Rekha, Anupam Kher and Mahesh Bhatt attend launch of Manisha Koirala's book  Healed | Entertainment News,The Indian Express

आफ्नो शरीरलाई अनायास क्यान्सर भएको थाहा पाएपछि अभिनेत्री मनीषामा उत्पन्न भएको भय,आशा, निराशा, र प्राण घातक मानिएको क्यान्सरबाट निको हुन उहाँले गरेको संघर्ष र त्यसपछि उनमा अनुभूत भएको जीवनको अर्थलाई पुस्तकमा निकै कलात्मक ढंगले प्रस्तुत गरिएको छ ।

आइतबार जिजीविषाको भिडियो लन्चका अवसरमा अभिनेत्री कोइरालाले आफूले किताब लेख्छु भनेर हैन एक सम्मान्य गुरुको अनुरोधमा आफूलाई क्यान्सर लागेदेखि मनमा उत्पन्न भावनाहरुहरु र उपचारको क्रममा पाएका सान्त्वनाका वचन, चिकित्सक, नर्स, परिवारजन र शुभचिन्तकहरुले गर्नुभएको सहयोगका सन्दर्भका गरेको टिपोटलाई पछि किताबको रुप दिइएको बताउनुभयो ।

उहाँले क्यान्सर प्राणघातक रोग भए पनि यसको पनि उपचार हुने र यो रोग लाग्न नदिने उपाय भएकोले आफ्ना अनुभवहरु रोग लागेका र नलागेका सबैलाई उपयोगी हुने ठानेर यो पुस्तक लेखर सार्वजनिक गरेको बताउनुभयो ।

उहाँले क्यान्सरका बिरामीलाई पनि अन्य बिरामीलाई जस्तै क्यान्सरसंग जुध्ने र जीवनप्रति अनुराग बढाउने आत्मबल प्रदान गर्र्न सकारात्मक प्रेरणा र शरीरको क्यान्सर प्रतिरोध शक्ति बृद्धिको लागि उपयुक्त आहार र बिहार चाहिने बताउनुभयो ।

क्यान्सर लाग्नुभन्दा पहिला आफ्नो जीवनशैली अन्यन्त ब्यस्त र अस्तब्यस्त रहेको बताउदै अभिनेत्री मनीषाले भन्नुभयो, ‘अमेरिकामा क्यान्सरको उपचारका क्रममा एक बौद्ध रिन्पोचेले आफूलाई क्यान्सरबाट परेको दुःख भोग्दाका बेला तिमीलाई लागेका कुरा टिपोट गरिराख्नु भन्नुभएको थियो । त्यसबेलादेखि मैले क्यान्सर भएपछि भोगेका दुःख र कष्टलाई टिपोट गर्दै आएको थिएँ । र त्यसलाई पछि पुस्तकमा ल्याएकी हुँ ।’
Manisha Koirala Book #Healed #Rajesh Hamal Conversation with #Manisha  #Koirala - YouTube
अभिनेत्री कोइरालालाई सन् २०१२ मा पाठेघरको क्यान्सर भएको थियो । पछिल्लो पटक बलिउड फिल्म ‘सञ्जू’ मा देखिनुभएकी मनीषा लकडाउनको समयमा भारतबाट नेपाल आउनुभएको हो।

नेपाल सरकारले जारी गरेको नयाँ नक्साको समर्थन गरेपछि मनीषालाई भारतीय मिडियाले तुच्छ शैलीमा गाली गलौज गरेका थिए ।
त्यसपछि उहाँ कोरोना महामारीकै समयमा नेपाल आउनुभएको हो।

Share Now

Leave a comment.