Prakash Adhikari December 22, 2020

 

काठमाडौं, ७ पौष । तात्कालीन नेपाल कम्युनिष्ट पार्टी एमाले र नेकपा माओवादी केन्द्रको बीचमा औपचारिक एकता भई संसदमा झण्डै दुईतिहाईको सामाथ्र्य कायम गरेको नेपाल कम्युनिष्ट पार्टी ३० महिनापछि औपचारिक विभाजनको संघारमा पुगेको छ ।

दुई पार्टीको बीचमा २०७५ जेठ ३ गते औपचारिक रुपमा एकीकरण घोषणा भएको थियो ।

पार्टीको औपचारिक संयन्त्रलाई सामान्य जानकारी समेत नदिएर राज्य सञ्चालन गर्दै आउनुभएका प्रधानमन्त्री तथा सो पार्टीका प्रथम अध्यक्ष के.पी. शर्मा ओलीले पार्टीलाई सुइको सम्म नदिई आइतबार प्रतिनिधिसभा विघटन गरी नयाँ आगामी २०७८ साल वैशाखमा निर्वाचन गराउन राष्ट्रपतिसमक्ष सिफारिस गरेर र प्रतिनिधिसभा विघटन भई निर्वाचनको घोषणा भएपछि आज दुवै पक्षले आआफ्ना समर्थनमा रहने केन्द्रीय सदस्यहरुको बैठक बोलाएका छन् ।

Nepal: CPN (UML) and CPN (Maoist Centre) merge | DD News

आज प्रधानमन्त्री के.पी. शर्मा ओलीले बोलाएको बैठकले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेताहरु माधवकुमार नेपाल तथा झलनाथ खनाललाई कारबाही गरिने संभावना छ भने प्रचण्ड–नेपाल पक्षले दिउँसो १ बजे थापाथली उचाईमा रहेको कार्की ब्यांड.क्वेटमा प्रधानमन्त्री ओली र उहाँको सल्लाहकार समूहमा रहेका सदस्यहरुलाई कारबाही गर्ने संभावना रहेको छ । दुवै पक्षले कारबाही गरी रिक्त भएका स्थान तथा पदाधिकारीमा आफू अनुकूलका नेताहरुलाई ल्याउने संभावना छ ।

पूर्व तयारी अनुरुप नेकपा अध्यक्ष केपी शर्मा ओलीको आह्वानमा बोलाइएको केन्द्रीय समिति बैठक मंगलबार बिहान बालुवाटारमा सुरु भएको छ। बिहान ९ बजेको लागि बोलाएइएको बैठक निर्धारित समयभन्दा २ घण्टा ढिलागरी बैठक सुरु भएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालले बैठक सुरु भएको जानकारी दिनुभएको छ।

उक्त बैठकको पूर्वमाओवादी समूहका मणि थापा र टोपबहादुर रायमाझी पनि सहभागी रहेको बताइएको छ । तर संसद विघटनसम्म साथ दिंदै आउनुभएका गृहमन्त्री रामबहादुर थापा भने उपस्थित हुनुभएको छैन ।

बालुवाटारको आजको बैठकले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सबै नेताहरुलाई कारबाही गरी नयाँ सदस्य थप्ने बताइएको छ।

प्रचण्ड नेपाल पक्षले पनि आजकै बैठकबाट अध्यक्ष ओलीलाई कारवाही गरी खाली हुने रिक्त स्थानमा माधव नेपाललाई अध्यक्ष बनाउने तयारी रहेको बताइएको छ।

सोमबार अध्यक्ष ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्ष दुवैले संसदीय दलका समानान्तर बैठक गरी सकेका थिए।

यसैबीच अस्ति आइतबार बसेको स्थायी समितिको बैठकले प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष के.पी. शर्मा ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको र सोको जानकारी निर्वाचन आयोगमा समेत गराइएको छ ।

तर निर्वाचन आयोगले केन्द्रिय समितिलाई मात्र चिन्ने हुँदा केन्द्रीय समितिबाट गरिने कारबाहीले प्राथमिकतामा रहने स्थिति छ ।

नेपाल कम्युनिष्ट पार्टीले निर्वाचन आयोगमा बुझाएको केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरुको सुची अनुसार कतातिरको बैठकमा बहुमत पुग्छ र कुन बैठक बैधानिक हुन्छ त्यसको वैधानिकताको निरुपण निर्वाचन आयोग र अदालतले गर्नुपर्ने देखिन्छ ।

 

Share Now

Leave a comment.