Prakash Adhikari December 24, 2020

 

काठमाडौँ, ९ पौष । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको प्रधानमन्त्री केपी ओली निकट केन्द्रीय सदस्यहरुको बैठकले पार्र्टीको कार्यकारी अध्यक्षबाट पुष्पकमल दाहाल प्रचण्डलाई हटाउने निर्णय गरेको छ ।

बिहिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले पार्टी प्रदेश संयोजकहरुको जिम्मेवारी हेरफेर तथा नयाँ संयोजकहरु पनि तोकेको छ।

बैठकले प्रदेश नं १ मा सुवास नेम्वाङ, २ मा सत्यनारायण मण्डल, वाग्मती प्रदेशमा ईश्वर पोखरेल, काठमाडौँ उपत्यकामा कृष्णगोपाल श्रेष्ठ, गण्डकी प्रदेशमा पृथ्वीसुब्बा गुरुङ, लुम्बिनी प्रदेशमा शङ्कर पोखरेल, कर्णाली प्रदेशमा मणि थापा र सुदूरपश्चिम प्रदेशमा लेखराज भट्टलाई संयोजक तोकेको छ।

बैठकले जनसङ्गठन संयोजकको जिम्मेवारी पूर्वमाओवादी खेमाबाट प्रधानमन्त्री ओली निकट पुग्नुभएका टोपबहादुर रायमाझीलाई दिएको छ।

Image may contain: 2 people, people standing, people dancing, people on stage, crowd and outdoor

केन्द्रीय कमिटी बैठकले पार्टी विधान पनि संशोधन गरेको बताइएको छ ।

पार्टीको विधान संशोधन नगरिकन पार्टीको केन्द्रीय समितिमा सदस्यहरु मनोनयन गरी सपथ समेत ग्रहण गराएकोले सरकारी निवासमा भएको कार्यसमितिको विस्तार, निर्वाचन आयोगलाई दिएको जानकारी र सपथ ग्रहण तथा सो विस्तारित समितिले गरेको काम कारबाहीको वैधतामा प्रश्न उठाउन मिल्ने अवस्था भने सिर्जना भएको छ ।

 

Share Now

Leave a comment.