काठमाडौं, १८ माघ । भारतीय परराष्ट्रमन्त्री सुष्मा स्वराजले मधेशमा ६ पार्टी मिलेर राष्ट्रिय जनता पार्टी (राजपा) बनेकाले निर्वाचन परिणाममा सम्मानजनक हैसियत भएको भन्दै बधाई दिएकी छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष मण्डलसँगको भेटमा स्वराजले दुई नम्बर प्रदेशमा मधेशवादी दलले राम्रो नतिजा ल्याएको र केन्द्रमा पनि सम्मानजनक नतिजा ल्याएकोमा बधाई दिएकी हुन्। उनले नेपाल प्रादेशिक संरचनामा गएकोमा आफु खुशी भएको बताएको राजपा अध्यक्ष मण्डलका अनिल झाले जानकारी दिए।
दुई नम्बर प्रदेशमा सरकार बनाउन सुझाव दिदै स्वराजले प्रादेशिक सरकारसँग पनि आफुहरू काम गर्न तयार रहेको बताएकी थिइन।
राजपा अध्यक्ष मण्डलसँग स्वराजले आधा घण्टा छलफल गरेकी थिइन्। अध्यक्ष मण्डलसँग उनले यो भेट शिष्टाचार भेट रहेको स्वराजले बताएकी थिइन्।
स्वराज सँगै नेपाल आएका भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविस कुमारले पनि स्वराजले मधेसवादी पार्टीलाई चुनावको नतिजाका लागि बधाई दिएको भन्दै ट्वीट गरेका छन्। राजपाका नेताहरुसँग दुई देशको मित्रता र सहकार्य कसरी अघि बढाउन भन्नेमा छलफल भएको पनि उनले लेखेका छन्।
EAM @SushmaSwaraj met with the political leadership of Rashtriya Janta Party Nepal and congratulated them on their electoral performance. Discussed ways to take forward friendship and cooperation between the people of the two countries.