दुबई(यूएइ), १९ माघ ।मनोज गजुरेल र टंकराज आचार्यले आज शुक्रबार र पर्सी आइतबार दुवईमा हास्य कार्यक्रम सञ्चालन गर्ने भएका छन् ।
सिस्नुपानी नेपाल र एनआरएन युएईको संयुक्त आयोजनामा युएईमा दुई थोपा हाँसो कार्यक्रम हुन लागेको हो ।
बिशेष गरि दिनरात मजदुर गरेर थाकिरहेका श्रमिकको मनहरुलाई हँसाई मानसिक तनाब कम गराउने मूल उदेश्यले यो कार्यक्रम आयोजना गरिन लागिएको हो ।
युएईमा दुई थोपा हाँसो लिएर हाँस्य कलाकार मनोज गजुरेल, हाँस्य कवि टंकराज आचार्य र योग प्रशिक्षक डाक्टर राजु अधिकारी युएई आइसकेका छन् ।
आजको कार्यक्रम बेर्कले लेबर क्याम्प अल क्रुज ३ मा विहान १० देखि १२ बजेसम्म हुनेछ भने आइतबारको कार्यक्रम इमरियल क्याम्प अलखेल गेट पछाडि साझ ७ देखि ९ बजेसम्म हुने एनआरएनए दुबई छेत्रीय समितिका अध्यक्ष मदन अधिकारीले जानकारी दिएका छन् ।