Prakash Adhikari December 25, 2020

 

काठमाडौं, १० पौष । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा यसै हप्ताको सुरुमा भएको प्रतिनिधि सभाको विघटनप्रति औपचारिक प्रतिक्रिया जनाउँदै भारतले त्यसलाई नेपालको आन्तरिक मामिला भनेको छ।

आइतबार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधि सभा विघटनबारे भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले बिहिबार प्रतिक्रिया जनाउनुभएको हो।

यसअघि कतिपय भारतीय विश्लेषकहरूले प्रतिनिधि सभा विघटनले नेपालमा ‘एउटा बलियो वामपन्थी दललाई शक्तिमा रहेको देख्न चाहेको चीनलाई नोक्सान भएको’ भन्ने प्रतिक्रिया दिएका थिए।

तर दिल्लीले नेपालमा भएको जननिर्वाचित संस्थाको विघटनबारे कुनै प्रतिक्रिया जनाएको थिएन।

 

भारतीय विदेश मन्त्रालयद्वारा आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा प्रवक्ता श्रीवास्तवले भन्नुभयो, “हामीले नेपालका हालैका राजनीतिक घटनाक्रमलाई जानकारीमा लिएका छौँ। यी नेपालले आफ्नै लोकतान्त्रिक प्रक्रियाबाट निर्णय गर्नुपर्ने आन्तरिक विषयवस्तुहरू हुन्।

“एउटा छिमेकी र नेपालको हित चाहने देश भएका नाताले भारत नेपाललाई शान्ति, समृद्धि र विकासको मार्गमा अघि बढ्न सघाउन तयार रहेको छ।”

राष्ट्रपति भण्डारी र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता

प्रतिनिधि सभा विघटनपछि काठमाडौंस्थित चिनियाँ राजदूत होउ यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपाको असन्तुष्ट खेमाको नेतृत्व गरिरहनुभएका नेता पुष्पकमल दाहाल प्रचण्डलाई भेट्नु भएका समाचारहरु प्रकाशित भएका छन्।

Chinese Ambassador Yanqi swings into action; meets Prachanda today

काठमाडौंस्थित चिनियाँ दूतावासका प्रवक्ता चाङ सीले अमेरिकी अखबार वाल स्ट्रिट जर्नललाई प्रतिक्रिया दिँदै चीनले अरू देशको मामिलामा हस्तक्षेप नगर्ने र नेपालमा जोसुकै सत्तामा रहेपनि चीन र नेपालबीच ‘बेल्ट एण्ड रोड’ अवधारणा अन्तर्गत भइरहेका विकास सहकार्य अघि बढ्ने प्रतिक्रिया यसै साता दिनुभएको थियो।(बीबीसीबाट)

 

Share Now

Leave a comment.