
काठमाडौं, १२ पौष । सङ्घीय संसद्को तल्लो सदन विघटन गरिएपछि नेपालमा विकसित राजनीतिक घटनाक्रमका माझ नेपाल आएको एक चिनियाँ प्रतिनिधिमण्डलले पहिलो भेट राष्ट्रपति विद्यादेवी भण्डारीसंग गरेको छ ।
चिनियाँ कम्युनिस्ट पार्टी सीपीसीका अन्तर्राष्ट्रिय विभाग उपमन्त्री गो इन्झो र महानिर्देशक सहितको प्रतिनिधिमण्डलले चारदिने भ्रमणमा प्रधानमन्त्री के.पी. शर्मा ओली, नेकपाका कार्यकारी अध्यक्षपुष्पकमल दाहाल, नेकपाका नयाँ अध्यक्ष माधवकुमार नेपाल र पूर्व प्रधानमन्त्री डा. बाबुाम भट्टराईलाई भेट्ने निश्चित भइसकेको छ।
नेकपाको प्रचण्ड(नेपाल समूहका नेता विष्णु रिजालका अनुसार यो भ्रमणको तय नेपालमा पछिल्लो राजनीतिक घटनाक्रम विकसित भएपछि भएको हो।
चीनमा पार्टीले नै सरकार चलाउने भएकाले सीपीसीको भूमिकालाई महत्त्वपूर्ण मानिन्छ।
भ्रमणको अर्थ
नेपाली काङ्ग्रेसका नेता समेत रहेका पूर्वराजदूत दीपकुमार उपाध्यायले ुनेपाल अदृश्य सङ्कटको बाटोमा गइसकेकोु भन्दै त्यस्तो बेला विदेशी शक्तिहरूले आफ्नो स्वार्थ सुरक्षित गर्ने प्रयास गर्नुलाई अस्वाभाविक ठान्नुहुन्न।
ूदक्षिणतर्फ खुला सीमा छ र उत्तरलाई तिब्बतको संवेदनशीलताको चिन्ता छ। त्यसमाथि बदलिएको विश्व परिदृश्यमा दुवैले आफ्नो सुरक्षा चासो त हेर्छन् नै,ू पूर्वराजदूत उपाध्यायले भन्नुभयो।
‘समस्या हामीले निम्त्याएको हो। हामीले अनुमति दिएरै विदेशीहरू आउने हुन्। नेपाल आफैले आफ्नो गन्तव्य तय गर्ने विषयमा फेरि पनि चुक्दै छ।’
उपाध्याय नेपालको पछिल्लो राजनीतिक विकासक्रममा अन्य मुलुकहरू जोडिनु भनेको देश असफल हुने बाटोमा जाने प्रारम्भिक सङ्केत मान्नुहुन्छ।
‘नेपाल आफू कमजोर हुनु कुनै पनि छिमेकीलाई फाइदाको विषय होइन। र देशलाई कूटनीतिक स्वार्थको क्रिडास्थल बनाउँदा यसले द्वन्द्वहरू बढाउँछ।’
चीनले के चाहेको छ ?
चीनले नेपालमा आर्थिक रूपमा लगानी बढाउनका लागि केही वर्षयता राजनीतिक स्थिरतामा जोड दिँदै आएको उनीहरूका सार्वजनिक अभिव्यक्तिबाटै देखिन्थ्यो।
नेकपालाई एक बनाउन र त्यसलाई जोगाइराख्न बेइजिङले थुप्रै प्रयासहरू गरेको भन्ने समेत एक थरीको विश्लेषण पाइन्छ।
सी नेपालमा
यसबीच नेकपामा सीपीसीले सैद्धान्तिक प्रशिक्षण समेत चलाएको थियो जसलाई नेपाली नेताहरूले ुअनुभव आदानप्रदानुको रूपमा अर्थ्याउने गरेका थिए।
चीन अध्ययन केन्द्रका अध्यक्ष एवम् पूर्व राजदूत सुन्दरनाथ भट्टराईले दुई ठूला कम्युनिस्ट मिलेर जाँदा हासिल गर्न सकिने उपलब्धिलाई पार्टी फुट हुँदाको अवस्थाले बिथोल्ने सोचेर चिनियाँहरू चिन्तित भएको ठान्नुहुन्छ।
‘बिग्रिएको यस अवस्थालाई कतिसम्म जोगाउन सकिन्छ वा थप बिग्रन नदिन के गर्न सकिन्छ भन्ने बुझ्न सीपीसीको टोली आएको हुनसक्छ’, भट्टराईले भन्नुभयो।
‘कम्तीमा चुनाव नै हुने अवस्थामा पनि अझै मिलेर जाउन् भन्ने अन्तिम प्रयास चीनले गर्न सक्छ।’
भूराजनीतिक प्रतिस्पर्धा
संसद् विघटन भएपछि नेपालका लागि चिनियाँ राजदूत होऊ यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपाको एउटा समूहका अध्यक्षद्वय प्रचण्ड र नेपाललाई भेट्नुभएको विवरणहरु सार्वजनिक भएका थिए ।
पार्टीमा सङ्कट देखा परेको यसअघिका अवस्थामा समेत राजदूतले प्रधानमन्त्री र अन्य नेताहरूसँग गर्ने भेटघाटलाई पार्टी एकतामा चीनको जोड रहेको रूपमा हेर्ने गरिन्थ्यो।
राजनीतिशास्त्री प्राध्यापक कृष्ण खनाल यो भ्रमणको समय र सन्दर्भले नेपालको राजनीतिमा ुचिनियाँहरू प्रत्यक्ष रूपमा संलग्न रहेकोु देखाएको बताउन ुहुन्छ।
ूहिजो एउटा मात्र देशको हस्तक्षेप थियो भने आज दुई वटाकै भएको छ। चीन र भारत दुवैको नेपाली समाजमा गहिरो प्रभाव छ। त्यसमै देशहरू खेल्न थाले भने नेपाली समाज नै विभाजित हुने जोखिम छ,ू प्राध्यापक खनालले भन्नुभयो ।
‘अति संवेदनशील भूमानचित्रमा रहेको हामीमा दुइटा छिमेकीले प्रतिस्पर्धा गर्दा यहाँ धेरै कुरा विभाजित हुनसक्छ। त्यसले अफ्रिकी मुलुकहरूमा जस्तो द्वन्द्वको अवस्था सिर्जना नहोला भन्न सकिन्न।’
चिनिया टोली एयर चाइनाको जहाजबाट साढे १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो।
काठमाडौं उत्रेपछि चिनियाँ टोली सिधै बालुवाटारस्थित चिनियाँ दूतावास गएको छ। कोरोना महामारीका कारण उनीहरू बाहिर नबसी दूतावासभित्रै बस्ने कार्यक्रम रहेको बताइएको छ।
बेइजिङबाट सिचुवानको चेङ्दु हुँदै काठमाडौं आइपुगेको चिनिया टोलीले नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी नेपाल कम्युनिष्ट पार्टीका विवादित अध्यक्षहरुलाई चिनिया राष्ट्रपति सि चिनफिड.को सन्देश लिएर आएको बताइएको छ ।
भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्तकुमार गोयलको कात्तिक ५ गतेको नेपाल भ्रमण र प्रधानमन्त्री ओलीसँग रातिको ३ घण्ट वार्ताले अहिलेको राजनीतिक परिस्थिति धेरैको विश्वास छ ।
नेपालमा आफ्नो महत्वपूर्ण परिकल्पना बेल्ट एण्ड रोडको योजनाहरु सञ्चालन गर्ने नेपालको स्थिर राजनीतिक वातावरणमा लगानी बढाएर आफूप्रति सद्भाव अभिबृद्धि गर्दै प्रभाव विस्तार गर्ने चीनको चाहनामा अप्रत्यासित रुपमा प्रतिनिधि सभा विघटन भएर ठेस लागेको छ । उसले गत वर्ष चीनका राष्ट्रपति सीको भ्रमणको क्रममा भएका सम्झौता कार्यान्वयन हुन नसकेकोमा पनि असन्तुष्टि जनाएको छ ।(स्रोतःप्रदीप बस्याल /बीबीसी न्यूज नेपाली)