काठमाडौं, १५ पौष । नेपाल मेडिसिटी हस्पिटल अन्तर्गत रहेको स्किन सिटीको सिइओमा अभिनेत्री वर्षा सिवाकोटी नियुक्त हुनुभएको छ ।
अभिनयसँगै व्यापारिक क्षेत्रमा पनि पाइला अगाडि बढाउनुभएकी बर्षा नयाँ क्षेत्रमा सफल हुनेमा विश्वस्त हुनुहुन्छ ।
स्किन सिटीमा आफ्नो केही शेयर रहेको उहाँले बतानुभएको छ।
छाला, कपाल तथा नङसँग सम्बन्धित काम हुने स्किन सिटीलाई नयाँ उचाइमा लैजाने दायित्व आफूसँग रहेको वर्षाले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘फिल्म उद्योगसँगै व्यापारिक रुपमा पनि अघि बढ्दै गर्दा चुनौतीसँगै सम्भावना पनि धेरै देखेकी छु । हाल भैसेपाटीमा मात्रै रहेको स्किन सिटी विस्तारै विभिन्न स्थानमा शाखा विस्तार गर्ने योजना छ ।’
हरेक मानिसको सौन्दर्यले आत्मविश्वास बढ्ने भएकाले स्किन सिटीमा अत्याधुनिक मेसिनबाट छाला, कपाल र नङ् सम्बन्धित समस्याको खोज र समाधानमा अनुभवी डाक्टरबाट उपचार हुने वर्षाले बताउनुभएको छ ।
फिल्म ‘नाई नभन्नु ल २’ बाट अभिनेत्रीको रुपमा डेब्यू गर्नुभएकी वर्षा अहिले ‘परदेशी २’ को छायांकनमा व्यस्त हुनुहुन्छ । अब उहाँ फिल्म ‘सुदूर’ को छायांकन थाल्दैहुनुहुन्छ ।


















