Prakash Adhikari December 30, 2020

 

काठमाडौं, १५ पौष । पूर्वराजा ज्ञानेन्द्र शाहले प्रधानमन्त्री के.पी. ओली र उहाँको नेतृत्वको सरकार तथा टुटेफुटेको पार्टीमाथि दरबार हत्याकाण्डको छानविन गर्न चुनौती दिनुभएको छ ।

स्वर्गीय राजा वीरेन्द्रबीरविक्रम शाहजन्मजयन्तीका अवसरमा मंगलबार बेलुका ट्वीटरमा स्टाटस लेख्दै उहाँले यस्तो चुनौति दिनुभएको छ ।

पूर्वराजा ज्ञानेन्द्र शाहले भन्नुभएको छ, “प्रत्यक्ष परोक्ष रूपमा विभिन्न भावभङ्गीमा हाम्रो परिवारमाथि हाम्रा प्रिय दाजू र वहाँको परिवारको अन्त्यका विषयमा भनिने कुराहरूले हामीलाई निक्कै मर्माहत तुल्याउने गर्दछ। जनताको मत पाएका सत्तासिन व्यक्तिहरूलाई वहाँको हत्याको छानबीन गर्ने पूर्ण अधिकार छ।”

स्वर्गीय राजा बीरेन्द्रविरविक्रम शाहदेवको जन्मजयन्तीको अवसरमा पूर्वराजा ज्ञानेन्द्रले बिहान पनि एक स्टाटस लेख्नुभएको थियो । त्यसमा पनि स्वर्गीय राजा वीरेन्द्रले छोडेर गएपछि राजसंस्था टुहुरो भएर अन्त्य हुन गएको कारुणिक अभिब्यक्ति थियो ।

२०५८साल जेठ १९ गते नारायणहिटी राजदरबारमा भएको शुक्रबारे पारिवारिक भोजमा चलेको गोली काण्डमा राजा बीरेन्द्रको परिवारको वंशनास भएको थियो । उक्त भोजमा राजा बीरेन्द्र, रानी ऐश्वर्य, राजकुमारी श्रुती, कान्छा युवराज निराजन, राजाका भाई अधिराजकुमार धिरेन्द्र,राजाकी अधिराजकुमारी शारदा र शान्ति, कुमार खड्गविक्रम शाहको गोली लागेर मृत्यु भएको थियो । आफ्ना मातापिता लगायत सबैमाथि गोली प्रहार गरेको आरोप लागेका युवराज दीपेन्द्रको पनि गोली लागेर अचेत अवस्थामा नै केही दिनपछि निधन भएको थियो ।

सा गोली काण्डमा अधिराजकुमारी शोभा, पूर्वरानी कोमल राज्यलक्ष्मी देवी शाह, केतकी चेस्टर र तत्कालीन राजा विरेन्द्रका छोरी ज्वाई कुमार गोरखसमशेर राणा घाइते हुनुभएको थियो ।

संयोगको कुरा सो हत्याकाण्डमा पूवराजा ज्ञानेन्द्रका परिवारका सबै सदस्यहरु बच्न पुग्नुभएको थियो ।

https://twitter.com/Himanishah123/status/1343757257108901889

 

Share Now

Leave a comment.