डेनभर (कोलोराडो, संयुक्त राज्य अमेरिका), १५ पौष(बीबीसी) । तीव्र गतिमा फैलिन सक्ने भनिएको कोरोनाभाइरसको नयाँ प्रकार अमेरिकामा पनि देखिएको छ। बेलायतमामा पहिलोपटक भेटिएको भनिएको भाइरसको नयाँ प्रकार अमेरिकाको कोलराडो राज्यमा फेला परेको पुष्टि भएको हो।
बिरामी परेका २० वर्षका एक युवा हाल आइसोलेसनमा छन्। उनले पछिल्लो केही समयमा यात्रा गरेका थिएनन्।
राज्यका अधिकारीहरूले आफूहरू उनले भेटघाट गरेकाहरूको खोजीमा लागेको र नयाँ प्रकारको अन्य सम्भावित सङ्क्रमण पहिचान गर्न लागिपरेको बताएका छन्।
गत साता अमेरिकी स्वास्थ्य अधिकारीहरूले उक्त नयाँ भाइरस भेरिअन्ट अमेरिकामा आइसकेको हुनसक्ने विश्वास गरेको बताएका थिए।
हालसम्म उक्त नयाँ भाइरस भेटिएको थुप्रै देशले पुष्टि गरिसकेका छन्।
भारत, क्यानडा, जापान, स्पेन, स्वीडेन तथा फ्रान्समा पनि नयाँ प्रकारको कोरोनाभाइरस भेटिएको छ।
यो नयाँ प्रकारको कोरोनाभाइरस पुरानोभन्दा धेरै सङ्क्रामक रहेको ठानिए पनि थप घातक भने नभएको विज्ञहरूले बताउने गरेका छन्।
साथै विज्ञहरूका अनुसार हालसालै विकसित गरिएका खोपहरू यसको विरुद्धपनि उत्तिकै प्रभावकारी हुने ठानिएका छन्।।
President-elect Joe Biden criticized President Trump's promised swift coronavirus vaccine rollout, saying it has fallen behind expectations, and warned it could take years before the bulk of Americans receive the necessary shots https://t.co/Ot4AEYbLFF pic.twitter.com/fQ4Jlqz7rh
— Reuters (@Reuters) December 30, 2020
खोप वितरणमा ढिलासुस्तीको आलोचना
अमेरिकी राष्ट्रपति निर्वाचित जो बाइडनले कोरोनाभाइरस विरुद्धको खोप वितरण गर्ने कार्य समय तालिका भन्दा पछि परेको भन्दै ट्रम्प प्रशासनको आलोचना गर्नुभएको छ ।
बाइडनले खोप अभियान ‘बन्दोबस्तीका हिसाबले राष्ट्रका रूपमा आफूहरूले भोगेको सबैभन्दा कठिन चुनौती’ रहेको बताउनुभयो।
ट्रम्प प्रशासनले डिसेम्बर सम्ममा २ करोड अमेरिकीहरूलाई खोप लगाउने लक्ष्य राखेको थियो। तर हालसम्म २१ लाख मानिसहरूले मात्रै खोप लगाएको अमेरिकाको सेन्टर फर डिजीज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी)ले जनाएको छ।
‘ट्रम्प प्रशासनको खोप वितरण गर्ने योजना निकै पछाडि परेको छ’, मङ्गलवार बाइडनले बताउनुभयो ‘सही दिशामा अघि बढ्नका लागि म आकाश पाताल एक गर्नेछु।’

खोप
त्यसको प्रतिउत्तरमा ट्रम्पले एउटा ट्विट गर्दै सङ्घीय सरकारले खोप उपलब्ध गराएको अवस्थामा ‘त्यसको वितरण गर्ने कार्य राज्यहरूको हुने’ बताउनुभयो।
‘हामीले खोप विकास मात्रै गरेका छैनौँ। पैसा हालेर सक्दो चाँडो राज्यहरूमा पुर्याएका छौँ’, ट्विटमा राष्ट्रपति ट्रम्पले भन्नुभएको छ।
It is up to the States to distribute the vaccines once brought to the designated areas by the Federal Government. We have not only developed the vaccines, including putting up money to move the process along quickly, but gotten them to the states. Biden failed with Swine Flu!
— Donald J. Trump (@realDonaldTrump) December 29, 2020
बाइडनले आफ्नो कार्यकालको प्रथम १०० दिनमा १० करोड अमेरिकीहरूलाई खोप लगाउने प्रतिबद्धता जनाउनुभएको छ। उहाँले आगामी ज्यानुअरी २० तारिखमा पदभार ग्रहण गर्दैहुनुहुन्छ।
अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट १ करोड ९४ लाख भन्दा बढी मानिस सङ्क्रमित भएका छन्। मृत्यु हुनेको सङ्ख्या ३ लाख ३७ हजार पुगेको छ।
बाइडनले कोरियाली युद्धका बेला लागु गरिएको एउटा कानुनी प्रावधान प्रयोगमा ल्याएर निजी कम्पनीहरूलाई खोप विकास गर्ने कार्यलाई गति दिन बाध्य पार्ने बताउनुभएको छ ।


















