काठमाडौं, १५ पौष । आधुनिक गीत र र्याप समावेश ‘भट्टीवाली’ शिर्षकको म्युजिक भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ।
युवा पुस्ताका चर्चित गायक प्रताप दासको सुमधुर स्वरले सजिएको यस गीतमा जगत तिरुवाको र्याप समेत समावेश छ। गीतमा परदेशमा बसेर आफ्नो सिर्जना यात्रालाई अघि बढाइरहेका राम कृष्ण महराको शब्द रहेको छ।
सिद्धान्त परियारद्धारा संगीतबद्ध यस गीतमा नारायण दंगालको संगीत संयोजन रहेको छ।
डान्सिङ शैलीको यस गीतमा युवा युवती बीचको प्रेम र आकर्षण प्रस्तुत गरिएको छ।
म्युजिक भिडियोमा दुर्गेश थापा , रियाशा दाहाल, दिनेश थापा ‘आयुष’, मनोज ओली, उत्तम केसी र अस्मिता बस्नेतको दमदार नृत्य प्रस्तुति रहेको छ।
बुद्ध थापाले छायांकन गरेको यस भिडियोमा सुरेन्द्र बसेलले कोरियोग्राफी छ भने नविन निरौलाको सम्पादन रहेको छ।
गोविन्द प्रसाद साह उत्पादक रहेको यस भिडियोलाई जीवन शाहीको निर्देशनमा तयार पारिएको हो।



















