Prakash Adhikari January 2, 2021

होवर्ट(तस्मानिया, अष्ट्रेलिया), १८ पौष । अष्ट्रेलियाको चर्चित टी २० क्रिकेट लिग बिग ब्यास अन्तर्गत शनिबार सम्पन्न खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेले दुई विकेट लिएका छन् ।

नेपालमा कोरोना संक्रमणमा परेर ढिलो अष्ट्रेलिया पुगेका तथा त्यहाँको अनिवार्य क्वारेन्टाइनबासका कारण ६ खेल गुमाएका सन्दीपलाई सातौ खेल लक्की सेभेन नै भएको छ । यो खेलमा सन्दीपको टिम होबार्ट हरिकेन्सले उनी पहिले खेल्ने गरेको मेलवर्न स्टार्सलाई २१ रनले पराजित गर्दै अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ ।

टस हारेर ब्याटिङ गर्न आएको होबार्ट हरिकेन्सले निर्धारित २० ओभरको खेलमा ५ विकेट गुमाउँदै १ सय ६४ रन जोडेको थियो।

१ सय ६५ रनको लक्ष्य ताकेको मेलबर्न मेलबर्न स्टार्स निर्धारित २० ओभरको खेल ९ विकेट गुमाउँदै १ सय ४३ रनमात्र जुटाउन सक्यो ।
मेलबर्न स्टार्सका लागि कप्तान ग्लेन म्याक्सवेलले ३७ बलमा ७० रन जोडे पनि टिमलाई जिताउन सकेनन्। उनले ५ छक्का र ६ चौका प्रहार गर्दै टिमलाई महत्वपूर्ण योगदान दिएका थिए।खेलमा साम रेनबर्डले १५,निकोलास पुरनले १४ र आन्द्रे फिस्नरले १० रन जोडेका थिए । अन्यमा हिल्टन कार्टवेट ८, मार्कस इस्टोइनिस ७ र लियम ह्याचरले ५ रन जोडे भने वेन ड्रंक,जाहिर खान,लान्स मोरिस र विलि सान्लेकले २।२ रनमात्र जोड्न सके ।

Image
मेलबर्नलाई रोक्ने क्रममा होबार्टको स्कट बोलानले ३,सन्दीप र नाथन इलिसले २।२ तथा जोहान बोथाले १ विकेट लिएका थिए ।

होबर्टको जितमा बेन म्याकड्रेमट र डविड मलानको उत्कृष्ट ब्याटिङ ।मलानले ५६ बल खेलेर शानदार ७५ रन जोडे भने बेनले ३१ रन । खेलमा कोलिन इन्ग्रामले २६, डिआर्ची सर्ट १२, टिम डेभिड ६ र पिटर्स ह्याण्डकम्बले ३ रन जोडेका थिए ।

होवर्टलाई रोक्ने क्रममा मेलबर्नका बिली स्टानलेकले ३ तथा ग्लेन म्याक्सवेल र साम रेनबर्डले १।१ विकेट लिए ।

भारतको चर्चित इण्डिन प्रिमियर लिगमा आफ्नो टीमले खेलेका १८ खेलमा मैदानमा उत्रन नपाएका नेपाली स्टार सन्दीपले कोरोनाबाट तग्रिए लगत्तै बिगब्यासमा मैदान प्रवेश गरेकै दिन दुई महत्वपूर्ण विकेट हात पारे । उनले चार ओभरको बलिङमा ३८ रन खर्चेर पुरानो टिमविरूद्ध दुई विकेट लिएका थिए। यो खेलसंगै सन्दीपको टीम लिगमा दोस्रो स्थानमा उक्लेको छ ।

Big Bash League

सन्दीपको टोली होबार्ट हुरिकेन्सले आगामी जनवरी ४ मा पुन ब्रिसबेनमा मेलवर्न स्टार्ससँंग खेल्ने कार्यक्रम रहेको छ।

Image

 

Share Now

Leave a comment.