Prakash Adhikari January 2, 2021

काठमाडौँ,१७ पौष । प्रतिनिधिसभा विघटनको सम्बन्धमा परेका रिटहरुको सर्वोच्च अदालतको संवैधानिक इजलासमा भैरहेको सुनुवाई लाई प्रभावित पार्ने गरी प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा कुनै पनि हालतमा पुनस्र्थापना नहुने बताउनुभएको छ ।

काठमाडौंमा शनिबार जिल्लाका कार्यकर्ताहरूको बृहत भेलालाई शनिवार प्रज्ञाभवन कमलादीमा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

उहाँले आफूले प्रधानमन्त्रीको अधिकार प्रयोग गरेर संसद विघटन गरेको दावी गर्दै संविधानको धारा ७६ को उपधारा ७ अनुसार प्रतिनिधिसभा विघटनको सिफारिस भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘प्रतिनिधिसभा पुनस्र्थापना हुने कुरा कहाँबाट आयो ? कसले भन्यो पुनस्र्थापना हुन्छ भनेर ? पुनस्थापना हुँदैन । उहाँहरूले कार्यकर्ता झुक्याउन भन्नुभएको होला ।’

सरकारलाई कामै गर्न नदिएका कारण प्रतिनिधिसभा विघटन गर्नु परेको उहाँले बताउनुभयो । दुइृ बर्षसम्म कुरेर देशलाई बर्बाद पार्न नहुने प्रधानमन्त्रीको भनाई थियो ।

उहाँले आफू ६३ प्रतिशत बहुमतमा रहेको अवस्थामा संसद विघटन गरिएको बताउनुभया। बहुमतप्राप्त प्रधानमन्त्रीले नै यो संसद हुँदैन म अब सक्दिन भनिसक्यो अनी कराएर हुन्छ ।

उहाँले तोकिएको समयमा निर्वाचन हुने बताउँदै निर्वाचनले कस्को बुहमत,कस्को अल्पमत टुङ्याउने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले आगामी निर्वाचनमा दुई अंकको सिट ल्याएर देखाउन प्रचण्ड समूहलाई चुनौती दिनुभएको छ ।

Share Now

Leave a comment.